default_image

6 months ago

September 23, 2024

बार्सिलोनाको अपराजित यात्रा कायमै

528 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाले स्पेनिस ला लिगमा अपराजित यात्रा कायमै राखेको छ । सिजनमा लगातार छैटौं जित निकाल्ने क्रममा बार्सिलोनाले भिल्लारियलमाथि ५-१ को जित हासिल गरेको हो ।

भिल्लारियलको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन रोबर्ट लेवान्डोस्की र राफिन्हाले समान २ तथा पाब्लो टोरेले १ गोल गरे । घरेलु टोलीका लागि अयोज परेजले १ गोल गरे ।

लेवान्डोस्कीले २० औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । लेवान्डोस्कीले ३५औं मिनेटमा अर्को गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

३८औं मिनेटमा परेजले गोल फर्काए। ५८‍औं मिनेटमा टोरेले गोल गर्दै बार्सिलोनाको अग्रता ३-१ मा पुर्‍याए ।
६७औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टी पाए पनि सदुपयोग गर्न सकेनन् । राफिनमहाले ७४औं र ८३औं मिनेटमा गोल गर्दै अन्तरलाई बढाए ।

६ खेलबाट १८ अंक सहित बार्सिलोना शीर्ष स्थानमा छ । समान खेलबाट ११ अंक जोडेको भिल्लारियल पाँचौं स्थानमा छ ।

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

March 14, 2025

एनएसएल – दुई विजेताबिच उद्धघाटन खेल हुने

काठमाडौं (हाम्रो खेलकुद)- यसै महिना हुने एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणकोखेलतालिका आज सार्वजनिक भएको छ। उदघाटन खेलमा चैत १६ गते डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी र पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हुनेछ। दशरथ रंगशालामा हुने एनएसएलको दोस्रो खेल चैत १७ गते बुटवल लुम्बिनी र झापा एफसी आमनेसामने हुनेछन्। चैत १८ गते एफसी […]

Success

Thank you for your time.