default_image

2 hours ago

September 22, 2024

बेलबारी गोल्डकपको ट्रफी सार्वजनिक

238 views

0 Bookmark

हिमाल खरेल, बिर्तामोड

बेलबारी आरजु राइस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा प्रदान गरिने अढाई किलो चाँदीमा दुई तोला सुनजडित गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ ।

गोल्डकपको मूल्य झण्डै ८ लाख रुपैयाँ रहेको बताइएको छ । आयोजक एलएक्ससिटी फुटबल क्लबले बेलबारी नगरपालिकाको सभाहलमा आइतवार पत्रकार सम्मेलन गर्दैै गोल्डकपको ट्रफी सार्वजनिक गरेको हो ।

बेलबारी ११ निवासी चलचित्र निर्माता पोपिराज राई र ज्योतिराज राईले आफ्ना स्वर्गीय बुबाको स्मृतिमा गोल्डकप ट्रफी सौजन्य गरेका हुन् । राईले पत्रकार सम्मेलनकै अवसरमा गोल्डकप ट्रफी बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईलाई हस्तान्तरण गरे ।

गोल्डकप असोज ११ देखि १९ गतेसम्म बेलबारी ११ को लक्ष्मी खेल मैदानमा हुँदैछ । सातौँ संस्करणदेखि प्रतियोगिता लगातार तीन पटक जित्ने टिमले गोल्डकप सुरक्षित गर्नेछ ।

पहिलोपटक १० टिमले सहभागिता जनाउने प्रतियोगितामा नेपाल पुलिस क्लब, बुटवल लुम्बिनी फुटबल क्लब, भारतको दलसिंहपारा फुटबल क्लब, बिग्रेड ब्वाइज र आयोजक एलएक्ससिटी फुटबल क्लबले समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै समूह ‘ए’ बाट चित्लाङ फुटबल क्लब काठमाडौँ, रारा फुटबल क्लब धनकुटा, सहलेस फुटबल क्लब सिराहा, भोजपुर जिल्ला फुटबल संघ र झापा ११ एफसीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताका विजेताले ८ लाख रुपैयाँ तथा दोस्रो हुने टोलीले ४ लाख रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । खेल आयोजना गर्न ६० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

प्रस्तावित रङ्गशालामा ३५ सय दर्शक अटाउने अस्थायी प्यारापिट निर्माण भइसकेको क्लबका उपाध्यक्ष ज्ञानुराज राईले बताए ।

September 22, 2024

एपिएफ चितवन गोल्डकपको सेमिफाइनलमा

सुशील पन्त क्षेत्री, चितवनएपिएफ फुटबल क्लब गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । १० खेलाडीमा सीमित वीरगन्ज युनाइटेडलाई ३–० ले हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो । एपिएफको जितमा विके तमाङले २ तथा बुद्धिमान राईले १ गोल गरे । खेलको ४१ औं मिनेटमा बुद्धिमानको गोलमा एपिएफले अग्रता लिएको थियो । दोस्रो हाफमा […]

September 22, 2024

झापा ११ पथरीशनिश्चरे गोल्डकपको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड झापा एफसी मोरङको पथरीमा जारी प्रथम पथरीशनिश्चरे गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पथरी ११ एफसीले आयोजना गरेको गोल्डकपमा आइतवार दोस्रो क्वार्टर फाइनलमा धरान सिटी एफसीलाई ४–० ले हराउँदै झापा ११ अन्तिम चारमा पुगेको हो । झापा ११ का लागि प्रदीप बुढाथोकीले ह्याट्रिक पूरा गरे । उनले खेलको नवौं , […]

September 22, 2024

बायर्नको अपराजित यात्रा कायमै

एजेन्सी – जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखले अपराजित यात्रा कायम राखेको छ । सिजनमा लगातार चौथो जित निकाल्ने क्रममा बायर्नले शनिवार विडर ब्रेमेनलाई ५-० ले पराजित गर्यो । ब्रेमेनको घरेलु मैदानमा भएको खेलमा बायर्नलाई जिताउन माइकल ओलिसीले २ तथा सर्ज नेर्भी, ह्यारी केन र जमाल मुसियालाले समान १ गोल गरे । ओलिसीले २३औं मिनेटमा गोल गर्दै […]

Success

Thank you for your time.