default_image

6 months ago

September 22, 2024

रियलको सहज जित

659 views

0 Bookmark

एजेन्सी – रियाल म्याड्रिडले स्पेनिस ला लिगामा स्पान्योलविरुद्ध सहज जित निकालेको छ । आइतवार बिहान भएको खेलमा रियल ४-१ ले विजयी भयो । छैटौं खेलमा रियलको‌ यो चौथो जित हो।

घरेलु मैदानमा शान्टियागो बर्नाबेउमा रियललाई जित दिलाउन डानी कार्भाजाल, रोड्रिगो, भिनिसियस जुनियर र केलियन एम्बाप्पेले गोल गरे । स्पान्योललाई रियलले १ गोल उपहार स्वरुप दियो ।

दोस्रो हाफमा स्पान्योलले सुरुवाती अग्रता बनायो । स्पान्योलका खेलाडीले गरेको प्रहार रियलका गोलकिपरलाई लाग्दै ५४औं मिनेटमा गोल भयो ।

५८औं मिनेटमा कार्भाजालले बराबरी गोल गरे । रोड्रिगोले ७५औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए।

७८ औं मिनेटमा एम्बाप्पेको पास सदुपयोग गर्दै भिनिसियसले रियलका लागि तेस्रो गोल गरे । एम्बाप्पेले ९०औं मिनेटमा पेनाल्टीमार्फत चौथो गोल गर्दै रियलको‌ गोलअन्तर बढाए ।

६ खेलबाट १४ अंक जोडेको रियाल दोस्रो स्थानमा छ । एक खेल कम खेलेको बार्सिलोना अपराजित रुपमा शीर्ष स्थानमा छ । स्पान्योल ६ खेलबाट ७ अंक जोडेर १३औं स्थानमा छ ।

March 15, 2025

फुटबलर आशिषलाई आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल र चिनियाँ क्लबसँगको‌ मैत्रीपूर्ण खेलका दौरान खुट्टा भाँचिएका नेपपली आशिष राईलाई ३ लाख १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको छ। चिनियाँ नयाँ वर्षको अवसरमा गत महिना दशरथ रंगशालामा भएको खेलमा आशिषको खुट्टा भाँचिएको थियो। पछि उनको खुट्टाको शल्यक्रिया गरिएको थियो। सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा शनिवार पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त […]

March 15, 2025

अल-नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – अल-नासर साउदी प्रो लिगमा शुक्रवार जित निकाल्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। घरेलु मैदानमा अल-नासरले अल-खलुदलाई ३-१ ले हराएको हो । अल-नासरका लागि क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन डुरानले गोल गरे। नवाफ बु वाशलले ५४औं मिनेटमा दोस्रो पहेँलो कार्ड पाएपछि १० खेलाडीमा सीमित भएपनि अल-नासर ३ खेलपछि पहिलो जित निकाल्न सफल […]

March 14, 2025

फुटबलर प्रीति सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- तेश्रो यलम्बर राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताको उदघाटनमा आज नेपाली राष्ट्रिय फुटबल टोलीकी चर्चित खेलाडी प्रीति राई सम्मानित भएकी छिन्। नखिपोट युथ क्लबको आयोजित प्रतियोगितामाप्रीतिलाई २५ हजार रुपैयाँ सहित सम्मान गरिएको हो । ललितपुर महानगरपालिका वडा १४ का अध्यक्ष अमृतजंग महत र आयोजक क्लबका कोषाध्यक्ष सुजन राईले प्रीतिलाई प्रशंसा पत्र र नगदसहित सम्मान […]

Success

Thank you for your time.