default_image

6 months ago

September 21, 2024

पुलिससँग वालिङको हार

349 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा महिला लिगमा वालिङ नगरपालिकामाथि जित हात पारेको छ । वालिङलाई हराउँदै पुलिसले आफ्नो अपराजित यात्रा कायमै राखेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशाला भएको खेलमा पुलिसले वालिङलाई २-० ले पराजित गरेको हो । पुलिसलाई जित दिलाउन दुवै गोल सम्झना लावतीले गरिन् । सम्झनाले ६७औं र इन्ज्युरी समयमा गोल गरिन् ।

पुलिस ७ खेलबाट १५ अंकका साथ तेस्रो स्थानमा कायमै रहेको छ ।  वालिङ समान ७ खेलमा समान १२ अंकका साथ चौथो स्थान छ ।

आजै भएको पहिलो खेलमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । टोमिलोपे जेनिफरले ४ गोल गरेको खेलमा संकटा क्लबले सुदूरपश्चिम प्रदेशलाई‌ ६-० ले हराएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा संकटाको जितमा जेनिफरका अलवा ममता पुन र पुर्णिमा हमालले समान १ गोल गरे । सातौं खेलमा संकटको यो दोस्रो जित हो।

खेलको चौथो मिनेटमा पहिलो गोल गरेकी जेनिफरले १२औं र ५२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ममताले ८३औं मिनेटमा गोल गर्दै खेललाई ४-० मा पुर्याइन् । ८७औं मिनेटमा पुर्णीमाले गोल गरिन् । इन्ज्युरी समयमा जानिफरले व्यक्तिगत चौथो गोल गर्दै संकटाको‌ जित अन्तर फराकिलो पारिन् ।

संकटा ७ खेलमा ८ अंकका साथ तालिकाको छैटौं स्थानमा उक्लिएको छ । समान खेलमा अंक बिहीन सुदूरपश्चिम तालिकाको पुछारमा छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

March 16, 2025

बायर्न बराबरीमा राेकियो

एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]

March 16, 2025

मिलानको पुनरागमन जित

एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]

March 16, 2025

नटिङ्घमले इप्स्विचलाई हरायो

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]

Success

Thank you for your time.