6 months ago
September 20, 2024
सुमन अधिकारी, बुटवल
लिस्नु युवा क्लब रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा झरना स्पोर्टस क्लबको आयोजनामा जारी प्रतियोगिताको तेस्रो दिन शुक्रवार सुनौलो संगम युवा क्लबलाई ४-० ले पराजित गर्दै लिस्नु समुह एबाट अन्तिम ८ मा पुग्ने पहिलो टोली बनेको छ ।
लिस्नुलाई जित दिलाउन सुशील राईले २ तथा शिशिर लेखी, सुदीप श्रेष्ठले गोल गरेका थिए। कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा राष्ट्रिय खेलाडीसहित मैदान उत्रेको लिस्नु खेलमा सुरुवातबाटै हाबी बनेको थियो। तर गोलको लागि पहिलो हाफको अन्तिमतिर सम्म कुर्नुपरेको थियो ।
४३ औं मिनेटमा शिशिरले गोल गर्दै टोलीलाई अघि बढाए। दोस्रो हाफमा सुदिप श्रेष्ठले पेनाल्टीमा र सुशीलले २ गोल गरेका थिए।
लिस्नुका शिशिर प्लेयर अफ अफ दी म्याचबाट पुरस्कृत भए । शनिवार योङ स्टार मुडाहा र सम्पुर्ण युवा क्लबबीचमा खेल हुने खेल संयोजक विजय पुनले जनाएका छन् । प्रतियोगिताको विजेताले टोलीले ३ लाख ३१ हजार रुपैयाँ प्राप्त गर्नेछ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]