6 months ago
September 20, 2024
काठमाडौं(हाम्रो खेलकुद) – रश्मि कुमारी घिसिङले ५ गोल गरेको खेलमा विभागीय टोली एपिएफ क्लब अपराजित रहदै शीर्ष स्थानमा कायमै छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आजको पहिलो खेलमा एपिएफले कोशी प्रदेशमाथि ८-० को फराकिलो जित निकाल्यो ।
एपिएफको जितमा रश्मिका अलवा अनिता बस्नेतले २ तथा अनिता केसीले १ गोल गरिन् । एपिएफका लागि पाँचौं मिनेटमा अनिताले गोल गर्दै अग्रता दिलाइन् ।
अनिता बस्नेतले १९ औं र ८०औं मिनेटमा गोल गरिन् ।
रश्मिले ५६औं, ८१औं, ८५औं, ८७औं र ८८औं मिनेटमा गोल गरी एपिएफलाई सहज जित दिलान् । ७ खेलमा एपिएफको १९ अंक पुगेको छ।
आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र चन्द्रपुर नगरपालिका खेल्दै छन् । आर्मी ६ खेलमा १३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान खेलमा ७ अंक साथ तालिकाको छैटौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]