default_image

2 hours ago

September 20, 2024

शीर्ष स्थानको एपिएफ कोशीसँग खेल्दै

235 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित रुपमा शीर्ष स्थानमा रहेको विभागीय टोली नेपाल एपिएफ क्लबले कोशी प्रदेशसँग खेल्दैछ ।

लिगमा शुक्रवार हुने २ खेलको पहिलो खेलमा एपिएफ कोशीसँग खेल्दैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।

एपिएफ ६ खेलमा १६ अंकका साथ लिगको शीर्ष स्थानमा छ । कोशीलाई हराउँदै एपिएफ अपराजित यात्रा कायम राख्न चाहन्छ । कोशीलाई हराउदै शीर्ष स्थानमा कायम रहन चाहन्छ । पाँचौ स्थानमा रहेको कोशीले ६ खेलबाट १० अंक जोडेको छ ।

आजै हुने दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मी र चन्द्रपुर नगरपालिका खेल्दै छन् । आर्मी ६ खेलमा १३ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान खेलमा ७ अंक साथ तालिकाको छैटौं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।

September 19, 2024

झरना रनिङशिल्डमा कपिलवस्तु -११ को‌ जित

सुमन अधिकारी,बुटवल झरना स्पोर्टस क्लबको आयोजनामा रुपन्देहीमा जारी ३६ औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगितामा बिहीवार कपिलवस्तु -११ ले जित निकाल्दै अन्तिम आठमा पुगेको छ । समूह बीको खेलमा नवयुवा खेलकुद तथा सांस्कृतिक परिवारलाई ६-० ले पराजित गर्दै कपिलवस्तु क्वाटरफाइनलमा पुगेको हो । कुन्जलापुरस्थित उमा निमाविको फुटबल मैदानमा भएको खेलको ११ औ मिनेटमा कपिलवस्तुका कप्तान […]

September 19, 2024

चितवन गोल्डकपमा सूर्यपुर विजयी

सुशील पन्त क्षेत्री, चितवन गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपमा सूर्यपुर एफसीले विजयी सुरुवात गरेको छ । आज सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुरले बागमती युवा क्लब सर्लाहीलाई पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलमा सूर्यपुर सडन डेथमा विजयी भयो । त्यसअघि निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । खेलको २४ औं मिनेटमा हिसुब थपलियाको […]

September 19, 2024

बागमतीमाथि वालिङको सहज जित

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ । छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् । वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै […]

Success

Thank you for your time.