6 months ago
September 19, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा वालिङ नगरपालिकाले बागमती युथ क्लबलाई पराजित गरेको छ ।
छैटौं खेलमा चौथो जित हात पार्ने क्रममा वालिङले बागमतीमाथि ४-० को जित हात पार्यो । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा वालिङको जितमा ज्याकलिन नासालीले ह्याट्रिक तथा सिसी नान्टोंगोले १ गोल गरिन् ।
वालिङका लागि २२औं मिनेटमा नान्टोंगोले गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । पेनाल्टी क्षेत्र बाहिरप्राप्त फ्रिकिकमा सिसीको प्रहार वालमा लागेर फर्केपछि रिबाउन्ड क्लियर हुन नसक्दा उनले गोल गरिन् । ४०औं मिनेटमा वालिङको अग्रता दोब्बर भयो । सिसीको प्रहार ज्याकलिनलाई लाग्दै गोल हुँदा वालिङ २-० ले अघि बढ्यो ।
नासालीले दोस्रो हाफको ५४औं र ८०औं मिनेटमा गोल गर्दै वालिङको जित पक्का गरिन् । जारी लिगमा उनको यो दोस्रो ह्याट्रिक हो । जित पछि ६ खेलमा १२ अंक जोड्दै वालिङ चौथो स्थानमा उक्लिएको छ । पराजित बागमतीको समान खेलबाट ४ अंक भएको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता छ । सहभागी १० टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
*म्याच कमिस्नर रिपोर्टमा दोस्रो गोल ज्याकलिन नासालीको नाममा दिइएकोले सोहीअनुसार परिवर्तन गरिएको छ ।
March 15, 2025
हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]
March 15, 2025
सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]
March 15, 2025
दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]