default_image

6 months ago

September 19, 2024

दोस्रो चितवन गोल्डकप आजदेखि सुरु हुँदै

544 views

0 Bookmark

सुशील पन्त क्षेत्री, चितवन

गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता आज सुरु हुँदैछ ।

भरतपुर फुटबल क्लब (बिएफसी)को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर एफसी र बागमती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा दिउँसो ३:३० बजे सुरु हुनेछ ।

असोज १२ गतेसम्म चल्ने प्रतियोगितामा कुल १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनल १ सय तथा फाइनलमा २ सय रुपैयाँको टिकट दर तोकिएको बिएफसीले जनाएको छ।

प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेशनल तथा सह प्रायोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धकका रुपमा रहेका छन् ।

March 15, 2025

चर्च ब्वाइजलाई मेचीनगर गोल्डकपको उपाधि

हिमाल खरेल, मेचीनगर सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड पाँचौँ मेचीनगर गोल्डकपको च्याम्पियन बनेको छ । शनिवार भएको फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरलाई १–० ले पराजित गर्दै चर्च ब्वाइज प्रतियोगिताको च्याम्पियन बनेको हो । जितका लागि खेलको ११ औँ मिनेटमा चर्च ब्वाइजका समिर तामाङले निर्णायक गोल गरेका थिए । आयोजकका डिफेन्डर […]

March 15, 2025

महिला फुटबल- भरतपुर २४ विजयी

सुशील पन्त क्षेत्री, चितवन राष्ट्रिय महिला फुटबल प्रतियोगितामा भरतपुर २४ ले विजयी सुरुवात गरेको छ । आजबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा भरतपुर २४ ले एन्फा मकवानपुरलाई ५-० ले हराएको छ । प्रतीक्षा मल्ल ठकुरी र सुशीला भुजेलले समान २ तथा मनमाया श्रेष्ठले १ गोल गरिन् । प्रतीक्षाले ३१ र ७४ औं मिनेटमा तथा सुशीलाले […]

March 15, 2025

नमोबुद्ध पाँचथर गोल्डकपको नयाँ च्याम्पियन

दिपक बोहोरा, पाँचथर ए डिभिजन मच्छिन्द्र क्लबलाई १-० ले हराउँदै शनिवार सप्तरीको नमोबुद्ध युथ क्लबले पाँचथर गोल्डकप फुटबल प्रतियोगिताको नयाँ च्याम्पियन बनेको छ । विदेशी खेलाडी एलेक्सको गोलमा नमोबुद्ध विजयी भएको हो । एलेक्सले खेलको ७३ औं मिनेटमा गोल गरेका हुन्। एलेक्सले पेनाल्टी एरियाबाट चलाखीपूर्ण गोल गरे । पहिलोपटक उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको मच्छिन्द्रले […]

Success

Thank you for your time.