6 months ago
September 18, 2024
काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिगमा अपराजित विभागीय टोली नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकासँग खेल्दैछ ।
लिगमा बुधवार हुने २ खेलमा पहिलो खेलमा पुलिसले चन्द्रपुरसँग खेल्दै अपराजित यात्रा कायम राख्न चाहन्छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा खेल दिउँसो १२ः३० बजे खेल सुरु हुनेछ ।
पुलिस ५ खेल खेलेको पुलिस ११ अंकका साथ लिगको तेस्रो स्थानमा छ । चन्द्रपुरलाई हराउदै पुलिस दोस्रो स्थानमा उक्लिन चाहन्छ । दोस्रो स्थानमा रहेको आर्मी १ खेल बढी खेलेर १३ अंकमा रहेको छ । चन्द्रपुर ५ खेलमा ६ अंकका साथ छैटौं स्थानमा छ ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशकाबीचमा खेल्दै छन् । कर्णाली ५ खेलमा १ अंकका साथ नवौं स्थानमा रहेको छ । सुदूरपश्चिम समान खेलमा अंक बिहीन रहदै तालिकाको पुछारमा रहेको छ ।
अखिल नेपाल फुटबल संघ(एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीले पहिलो चरणमा एक अर्का विरुद्ध खेल्नेछन् ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]