6 months ago
September 18, 2024
सुमन अधिकारी, बुटवल
झरना स्पोर्टस क्लबको आयोजनामा झरना रनिङ शिल्ड फुटबल प्रतियोगिताको ३६ औ संस्करण आज सुरु हुँदैछ ।
हरेक बर्ष दशैको पूर्व सन्ध्यामा आयोजना हुने प्रतियोगिता यस पटक १६ दिनसम्म सञ्चालन हुनेछ । तिलोत्तमा नगरपालिकाको कुन्जलापुरस्थित उमा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेल भूपू सैनिक युवा क्लब र गोर्खा ब्वाइज क्लबबीच हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजक झरना स्पोर्टस क्लबका अध्यक्ष धनेन्द्र पौडेलले जनाएका छन् ।
प्रतियोगितामा सहभागी १६ टोलीलाई दुई समुहमा विभाजन गरि नकआउटका आधारमा खेलाइने अध्यक्ष पौडेलले बताए । प्रतियोगिता स्वर्गिय खगी गुरुङसेनीको पुण्य स्मृतिमा आयोजना गर्न लागिएको क्लबले जनाएको छ ।
प्रतियोगितामा रुपन्देही जिल्लासहित पाल्पा, नवलपरासी, कपिलवस्तु, स्याङ्जाका टोलीको सहभागिता छ ।
जसमा आयोजक झरना स्पोर्ट्स क्लब, सम्पुर्ण युवा क्लब, लिस्नु युवा क्लब, नवयुवा खेलकुद तथा सास्कृतिक परिवार, न्यु सिर्जना युवा क्लब, गोर्खा ब्यायज क्लब, जनज्योति एफसि, देवदह ब्यायज, फुलबारि गाईज, योग स्टार एफसी, कपिलबस्तु —११, भैरव एफसी, बालिङ युनाईटेड, फर्साटिकर युवा क्लब, सुनौलो संगम युवा क्लब, भुपु सैनिक युवा क्लब रहेका छन् ।
प्रतियोगिताको उपाधि विजेताले ३ लाख ३१ हजार रुपैयाँ रनिङशिल्ड, दोस्रो हुने टोलीले १ लाख ८१ हजार रुपैयाँ तथा सेमिफाइनलमा टोलीले समान २५ हजार रुपैयाँका प्राप्त गर्नेछ। प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई ३ हजार रुपैयाँ प्राप्त गर्ने प्रतियोगिता संयोजक विजय पुनले बताए । यसैगरि विधागत रुपमा उत्कृष्ट खेलाडीले समान १० हजार र सर्वोत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न २२ लाख खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिता स्थलमा दर्शकको सुविधालाई विशेष ध्यानमा राखेर करिव १८ लाखको लागतमा केहि भागमा स्थायी प्याराफिट निमार्ण गरिएको छ भने केहि भागमा अस्थायी प्याराफिट बनाइएको छ ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]