6 months ago
September 18, 2024
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
रियलले मंगलवार जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे । स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काए ।
४६औं मिनेटमा एमबाप्पेको गोलमा रियलले अग्रता लिएको थियो । रोड्रिगोको पासमा एमबाप्पेले गोल गरेका थिए । स्टुडगार्डका लागि ६८औं मिनेटमा जेमी लेवेलिंगको असिस्टमा अन्डाभले बराबरी गोल फर्काए ।
८३औं मिनेटमा लुका मोड्रिडको पासमा रुडिगरले गोल गरेपछि रियलले दोस्रो पटक खेलमा अग्रता लियो । इन्ज्युरी समयमा एन्ड्रिकले गोल गर्दै रियलको जित निश्चित गरे।
च्याम्पियन्स लिगमा भएका अन्य खेलमा बायर्न म्युनिख, लिभरपुल, स्पोर्टिङ सिपी, युभेन्टस र एस्टन भिल्लाले विजयी पनि विजयी सुरुवात गरेका थिए ।
March 16, 2025
एजेन्सी – बायर्न म्युनिख जर्मन बुन्डेसलिगामा एफसी युनियन बर्लिनसँग बराबरीमा रोकिएको छ । शीर्ष स्थानको बार्यनलाई शनिवार बर्लिनले १-१ को बराबरीमा रोकेको हो। बर्लिनकोमैदानमा बायर्नका लागि लेरोय सानेले गोल गरे । घरेलु टोलीका लागि भने बेनेडिक्ट होलरबाचले गोल गरे । खेलको ७५औं मिनेटमा बायर्नका सानेले टोलीलाई अग्रता दिलाएका थिए । तर, त्यसको ८ मिनेट पछि […]
March 16, 2025
एजेन्सी – एसी मिलानले इटालियन सिरी ‘ए’ मा कोमोविरुद्ध पुनरागमन जित निकालेको छ । मिलानले शनिवार कोमोलाई २-१ ले हरायो। मिलानले घरेलु मैदानमा कामोविरुद्ध १-० ले पछि परेको स्थितिबाट २ गोल गर्दै पुनरागमन जित हासिल गरेको हो । मिलानको जितमा क्रिस्टियन पुलिसिच र टिज्जानी रेइन्डर्सले गोल गरे । पाहुना टोलीका लागि लुकास कुञ्हा ले गोल […]
March 16, 2025
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिगमा शनिवार नटिङ्घम फरेस्टले इप्स्विचलाई हराएको छ । नटिङ्घमले रेलिगेसन जोनमा इप्स्विच टाउनमाथि ४–२ को सहज जित हासिल गर्यो । इप्स्विचको मैदानमा नटिङ्घमलाई जितमा दिलाउन एन्टोनी एलाङ्गाले २ तथा निकोला मिलेनकोभिच र जोटा सिल्भाले समान १ गोल गरे । घरेलु टोलीका वुडुकोजेन्स काजस्टे र हर्स्टदिर खुसानोवले गोल गरे । खेलको ३५औं […]