default_image

6 months ago

September 17, 2024

सांग्रिला युथ एफसीलाई इन्ट्रा कप‌ फुटबल उपाधि

619 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- सांग्रिला युथ एफसीले चौथो इन्ट्रा कप‌ फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

अमेरिकाको एर्कोनमा भएको प्रतियोगिताको फाइनलमा पथरी एफसीलाई १-० ले हराउँदै सांग्रिलाले उपाधि जितेको हो। समिर गुरुङको गोलमा सांग्रिलाले फाइनल जितेको थियो।

सांग्रिलाले १० तोलाको‌ सुनको ट्रफीसहित १५ हजार अमेरिकी डलर प्राप्त गरेको छ। त्यसअघि सेमिफाइनलमा पथरीले चुके एफसीलाई पेनाल्टी सुट आउटमा र सांग्रिलाले तिमाई स्क्वार्डलाई ५-१ ले हराउँदै फाइनल भेट पक्का गरेका थिए।

व्यक्तिगत अवार्डमा पनि सांग्रिलाका खेलाडीको बाहुल्यता रह्यो। सांग्रिलाका विक्रम हुमागाईं उत्कृष्ट गोलकिपर, निराजन चौधरी उत्कृष्ट डिफेन्डर, रोजिन प्रजापति उत्कृष्ट मिडफिल्डर, मनोज चौहान उत्कृष्ट फरवार्ड, समिर गुरुङ सर्वोत्कृष्ट खेलाडी तथा किरण थापा उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए।

पिस जोन कपसँगको सहकार्य इन्ट्रा नेसनल वेलफेयर एन्ड सर्पोट फाउन्डेसनले प्रतियोगितामा आयोजना गरेको हो। कोप्ले सकर कम्प्लेक्समा तीन दिनसम्म चलेको प्रतियोगितामा महिला, पुरुष ३० वर्ष माथि र भेट्रान्सको पनि प्रतिस्पर्धा भएको थियो।

समापनका अवसरमा आयोजकले मेरो‌ डान्सिङ युनिभर्सल र मेरो डान्स युनिभर्सको दोस्रो संस्करणको घोषणा गरेको थियो। इन्ट्रा फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले प्रतियोगितामा सहयोग गर्ने सबैलाई धन्यावाद दिए।

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो। विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेट सट […]

March 18, 2025

साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]

March 18, 2025

सिंगापुर र मलेसिया जाने फुटबल टिमको बिदाइ

काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]

Success

Thank you for your time.