6 months ago
September 17, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब एन्फा महिला लिगको दोस्रो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा उक्लिनेक्रममा आर्मीले मंगलवार कोशी प्रदेशलाई ५–० ले हराएको छ ।
एन्फा कम्प्लेक्समा भएको दिनको दोस्रो खेलमा आर्मीलाई जित दिलाउन विमला चौधरी र अनिता लम्जेलले समान २ तथा हिमा चौधरीले १ गोल गरिन् ।
आठौं मिनेटमा विमलाले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाइन् । त्यसको २ मिनेट पछि नै विमलाले अर्को गोल गर्दै अग्रता दोब्बर बनाइन् । हिमाले २१औं मिनेटमा र अनिताले ३८ औं मिनेटमा गोल गर्दा आर्मी पहिलो हाफमा ४–० ले अग्रता बनाएको थियो । अनिताले ६०औं मिनेटमा अर्को गोल गर्दै आर्मीको जित सहज बनााइन् ।
जित पछि आर्मी ६ खेलमा १३ अंकका साथ लिगको दोस्रो स्थानमा उक्लिएको छ । शीर्ष स्थानमा अर्को विभागिय टोली नेपाल एपिएफ क्लब रहेको छ । एपिएफको १६ अंक रहेको छ । समान खेलबाट १० अंक जोड्दै कोशी भने चौथो स्थानमा छ ।
आजै भएको पहिलो खेलमा विभागीय नेपाल एपिएफ क्लबले संकटा क्लबमाथि जित निकाल्दै शीर्ष स्थानलाई थप मजबुत बनेको थियो । छैटौं खेलमा पाँचौ जित निकाल्नेक्रममा एपिएफले मंगलवार संकटामाथि ३–० को जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा एपिएफलाई जित दिलाउन सरु लिम्बु, अनिता केसी र सविता राना मगरले समान १ गोल गरिन् । संकटा ६ खेलमा ५ अंकमा रहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा जारी लिगमा १० टोलीको सहभागिता छ । पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो। विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेट सट […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]