6 months ago
September 17, 2024
सुशील पन्त क्षेत्री, चितवन
भरतपुर फुटबल क्लब (बिएफसी) को आयोजनामाा बिहीवार सुरु हुने गोल्डेन इमिनेन्ट दोस्रो चितवन गोल्डकपको तयारी पूरा भएको छ ।
नेपाल प्रहरी शिक्षालय (भरतपुर तालिमकेन्द्र) को मैदानमा असोज १२ गतेसम्म चल्ने प्रतियोगिताको तयारी पुरा भएको संयोजक धुर्व भुसालले जानकारी दिए । प्रतियोगिताका लागि मैदान मर्मतलगायतको काम सकिएको उनले बताए ।
प्रतियोगितामा कुल १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा सूर्यपुर एफसी, बागमती युवा क्लब सर्लाही, सल्हेस एफसी सिराहा, न्यु स्टार एफसी सुनसरी र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
यस्तै समूह बी मा हानामी बिएफसी, राईजिङ स्टार भुमही, नेपाल पुलिस क्लब, वीरगञ्ज युनाइटेड र एपिएफ फुटबल क्लब काठमाडौं रहेका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सूर्यपुर एफसी र बागमती भिड्नेछन् । उद्घाटन खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले ट्रफीसहित ६ लाख तथा दोस्रो हुने टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीले १५, विधागत उत्कृष्टले १० तथा प्लेयर अफ अफ दि म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
करिब ४० हजार दर्शकले प्रत्यक्ष रुपमा प्रतियोगिताको खेलहरु अवलोकन गर्ने आयोजकको अनुमान छ । दर्शकका लागि पहिलो चरणमा ५०, क्वाटरफाइनल र सेमिफाइनलमा १ सय तथा फाइनलका लागि २ सय रुपैयाँको टिकट दर तोकिएको संयोजक भुसालले जानकारी दिए ।
प्रतियोगिताको मुख्य प्रायोजकमा गोल्डेन इमिनेन्ट इन्टरनेसनल तथा सह प्रायोजकमा हानामी इन्टरनेशनल एजुकेसन रहेका छन् । बागमती प्रदेश सरकार, भरतपुर महानगरपालिका र चितवन जिल्ला फुटबल संघ प्रतियोगिताको प्रवर्द्धक रहेका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवम् गोलकिपर एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवन कथामा आधारित फिल्म ‘अञ्जिला’ फिल्म हेर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफू मातहतका निकायलाई अनुरोध गरेको छ। एन्फाले सोमवार सामूहिक पत्राचार गर्दै आफूसँग आबद्ध सबै ७ प्रदेश, ४८ जिल्ला संघ, ४ (खेलाडी, प्रशिक्षक, महिला, रेफ्री) संघ, ए,बी, सी […]