6 months ago
September 17, 2024
काठमाडौ (हाम्रो खेलकुद)- नेपालमा क्लबद्वारा स्थापित एकमात्र सङ्ग्रहालयको रुपमा रहेको अन्नपूर्ण (आरसिटी) सङग्रहालय स्तरोन्नति गरी हस्तान्तर गरिएको छ ।
२०७३ सालमा अन्नपूर्ण (आरसिटी) सङग्रहालयको उद्घाटन भएको थियो । कामनपा वडा नं २७ को आर्थिक सहयोगमा सोही सङ्ग्रहालयको मंगलवार स्तरोन्नति गरी हस्तान्तरण गरिएको हो ।
नेपाली फुटबलकै सर्वाधिक पुरानो तथा सफल क्लबमध्ये एक रानीपोखरी कर्नर टिम (आरसिटी) सङ्ग्रहालयको ग्यालरीमा ऐतिहासक ट्रफी, पदक, तस्बिर, जर्सीलगायत सयौं सामाग्री प्रदर्शनमा राखिएको छ ।
आरसिटी विशेषत फुटबलमा कहलिएको क्लब हो यद्यपि यस क्लबले एथलेटिक्स, भलिबल, पौडीलगायतका खेलमा हासिल गरेका पदक पनि सङ्ग्राहलयमा थपिएका छन् ।
आरसिटीका अध्यक्ष सुरेशकाजी शाक्यले यो सङ्ग्रहालय नेपाली खेलकुदमै नौलो अवधारणा भएको र सङ्ग्रहालयलाई अझ बिस्तार गर्ने योजना रहेको बताए । उनले सङ्ग्रहालयको स्तरोन्नतिमा करीब १२ लाख रुपैयाँ खर्च भएको जानकारी पनि गराए ।
यसैगरी वडा नं २७ का अध्यक्ष तथा आरसिटीका संरक्षक योगेशकुमार खड्गीले वडाले आरसीटीसँग सहकार्य गर्ने गरी खेलाडीहरुको स्तरोन्नति गर्न मात्र १५ लाख रुपैयाँ र स्थानीय खेलाडी उत्पादनका लागि ३० लाख बजेट विनियोजन गरेको जानकारी दिए । उनले विशेषरुपमा आरसिटीलाई फुटबलमा जिवित राख्न र स्थानीय खेलाडीको सहभागिता होस् भन्ने उद्देश्य वडाको रहेको जानकारी दिए ।
अन्नपूर्ण (आरसिटी) सङग्रहालयका संयोजक नरेश वैद्यले यस सङ्ग्रहालयको क्षेत्रफल सानो भएपनि यहाँ रहेका बहुमूल्य र गौरवशाली सामाग्री अन्य कतै नहुने दाबी गरे ।
उनले भने,’ १९८९ सालमा स्थापना भएको यस क्लबले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त गरेका ऐतिहासिक र गौरवशाली पृष्ठभूमिका जीवन्तता दिने हेतुले तथा यसले प्राप्त गरेका सफलताको संरक्षण सम्वर्धन तथा सुरक्षित गर्ने अभियास्वरुप सङ्ग्रहालय खोलिएको हो।’
आरसिटी छ पटकको शीर्ष लिग च्याम्पियन क्लब हो । मनाङ मस्र्याङ्दी क्लबले मात्र आरसिटीले भन्दा बढी ए डिभिजन लिग उपाधि जितेको छ ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]