default_image

6 months ago

September 16, 2024

वल्भ्समाथि न्युकासलको जित

266 views

0 Bookmark

एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग (इपिएल) मा न्युकासल युनाईटेडले वल्भ्समाथि जित निकालेको छ ।

चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा न्युकासलले आइतवार वल्भ्सलाई २-१ ले पराजित गरेको हो । न्युकासललाई जित दिलाउन फैबियन शार र हार्वे बार्न्सले गोल गरे । वल्भ्सका लागि भने मारियो लेमिनाले १ गोल फर्काए ।

खेलमा अग्रता भने घरेलु‌ टोली वल्भ्सले नै लिएको थियो । लेमिनाले खेलको ३६औं मिनेटमा गोल गर्दै अग्रता दिएपनि‌ टोलीले त्यसलाई जोगाउन सकेन। न्युकासलका शारले ७५औं मिनेटमा बराबरी गोल फर्काए । बार्न्सले ८० औं मिनेटमा गोल गर्दै न्युकासललाई जित दिलाए ।

आइतवार नै भएको अर्को खेलमा आर्सनलले टोटनहम ह्ट्सपरमाथि जित निकालेको थियो । चौथो खेलमा तेस्रो जित निकाल्ने क्रममा आर्सनलले टोटनहमलाई १-० ले पराजित गरेको हो । आर्सनललाई जित दिलाउन गेब्रियल मगाल्हेसले ६४ औं मिनेटमा गोल गरे ।

आर्सनल र न्युकासलको ४ खेलबाट समान १० अंक भएको छ । गोल अन्तरमा आर्सनल दोस्रो र न्युक्यासल तेस्रोमा अघि छ । शीर्षस्थानको म्यानचेस्टर सिटीको १२ अंक छ। समान खेलबाट टोटनहमको ४ र वल्भ्सको १ अंक छ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.