6 months ago
September 15, 2024
एजेन्सी – स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सानदार जित हासिल गरेको छ।
पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो ।
जिरोनाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाको जितका लागि लामिन यमलले २ तथा डानी ओल्मो र पेड्रीले समान १ गोल गरे । जिरोनाका लागि क्रिस्टियन स्टुआनीले गरेको गोल सान्त्वना रह्यो।
यमलले ३०औं मिनेटमा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । यमलले नै ३७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बरको बनाए । खेलको ४७औं मिनेटमा ओल्मोले बार्सिलोनाका लागि तेस्रो गोल गरे ।
खेलको ६४औं मिनेटमा पेड्रीले बार्सिलोनाको अग्रता ४-० मा पुर्याए। खेल सकिन १० मिनेट बाँकी रहँदा स्टुआनीले घरेलु टोलीका लागि एक गोल गरे। ८६औं मिनेटमा बार्सिलोना १० खेलाडीमा समेटियो। उसका फेरान टोरेसले रातो कार्ड पाएर मैदान छाडे ।
जितसँगै बार्सिलोनाले ५ खेलबाट १५ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल मड्रिडको भन्दा ४ अंकले अघि रहेको छ । पराजित जिरोना
समान खेलबाट ७ अंक जोड्दै सातौं स्थानमा छ।
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर सिटी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्न सेनेगलका पापे अब्दुलाह देकिते सोमवार काठमाडौं आइपगेका छन् । ३२ वर्षिय देकितेले फुटबल करियर विभिन्न अन्तर्राष्ट्रिय क्लबबाट खेलिसकेका छन्। उनले अफ्रिका, एसिया, र अन्य महादेशका विभिन्न लिग खेलेका छन्। उनले भियतनामको टप डिभिजन लिग भि वान लिग समेत खेलेका छन् । देकितेले गत वर्ष […]