6 months ago
September 15, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आइतवारको दोस्रो खेलमा बागमती युथ क्लब र चन्द्रपुर नगरपालीकाले अंक बाडेका छन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा बागमती र चन्द्रपुरले गोलरहित बराबरी खेलेका हुन् । गोल गर्ने मौका पाए पनि दुवै टोलीले गोल भने गर्न सकेनन् ।
बराबरीसॅंगै चन्द्रपुरको ५ खेलमा ४ अंक भएको छ । उता बागमतीको समान खेलमा समान ४ अंक भएको छ ।
एपिएफ शीर्ष स्थानमा उक्लियो
विभागीय टोली नेपाल एपिएफ क्लब कर्णाली प्रदेशलाई पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ । आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा एपिएफले कर्णालीलाई ६-० ले पराजित गर्यो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको आईतवारको पहिलो खेलमा एपिएफला जित दिलाउन रश्मिकुमारी घिसिङले २ तथा हिमा रावत, निशा थोकर र गीता रानाले समान १ गोल गर्दा १ गोल कर्णालीले आत्मघाती गर्यो ।
एपिएफका लागि चौथो मिनेटमा निशाले गोल गर्दै एपिएफलाई अग्रता दिलाइन् । ११औं मिनेटमा रश्मिको गोलमा एपिएफले अग्रता दोब्बरको बनायो । २५औं मिनेटमा रश्मिले व्यक्तिगत दोस्रो गोल गरिन् ।
गीताले ५३औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दा ७७औं मिनेटमा हिमाले गोल गरिन् । अन्तिम मिनेटमा कर्णालीकी बर्षा ओलीले आत्मघाती गोल गर्दा एपिएफको जित अन्तर फराकिलो भयो।
एपिएफ ५ खेलमा १३ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको पुलिसको समान खेलबाट ११ अंक रहेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]