default_image

6 months ago

September 15, 2024

पुनरागमन खेलमा मेस्सीको २ गोल

1072 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनल मेस्सीको लामो समयपछि मैदानमा पुनरागमन गर्दै गोल गरेको खेलमा इन्टर मियामीले विजयी भएको छ ।

मियामीले मेजर लिग सकर (एमएलएस) आइतवार फिलाडेल्फिया युनियनमाथि ३–१ को जित निकालेको छ ।

अर्जेन्टिनाका स्टार मेस्सीको जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १-० ले हराएको खेलमा खुट्टामा चोट लागेको थियो। त्यसयता उनी मैदानमा बाहिर थिए ।

मियामीलाई जित दिलाउन मेस्सीले २ तथा लुइस सुआरेजले १ गोल गरे । युनियनका लागि भने मिकाएल उहरेले १ गोल फर्काए ।

खेलको दोस्रो मिनेटमै मिकाएलले गोल गर्दै युनियनलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता केही समय मात्र रह्यो । मेस्सीले २६औं मिनेटमा गोल गर्दै खेललाई १-१ को बराबरीमा ल्याए। मेस्सीले नै ३०औं मिनेटमा अर्को गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

सुआरेजले इन्ज्युरी समयमा गोल गर्दै मियामीलाई जितलाई सहज बनाए । २८ खेलबाट ६३ अंक जोड्दै मियामी एमएसएलको शीर्ष स्थानमा कायमै छ । दोस्रो स्थानको टोलीको भन्दा मियसमीको १० अंक बढी छ

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.