6 months ago
September 14, 2024
एजेन्सी – इङ्ग्लिस प्रिमियर लिग(इपिएल) मा म्यान्चेस्टर युनाईटेडले साउथह्याम्पटनमाथि सहज जित निकालेको छ ।
चौथो खेलमा दोस्रो जित निकाल्ने क्रममा युनाईटेडले साउथह्याम्पटनलाई ३-० ले पराजित गरेको हो ।
साउथह्याम्पटनको घरेलु मैदानमा भएको खेलमा युनाटेडलाई जित दिलाउन मार्कस रासफोर्ड, म्याथिज डि लेट र एलेक्जेन्डर गोर्नाचोले समान १ गोल गरे ।
युनाइटेडका लागि ३५औं मिनेटमा म्याथिजले गोल गर्दै टोलीलाई अग्रता दिलाए । युनाईटेडका लागि मार्कसले ४१औं मिनेटमा अग्रता दोब्बर बनाए । दोस्रो हाफको अतिरिक्त समयमा गोर्नाचोले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए ।
जितसँगै युनाईटेडको ४ खेलबाट ६ अंक भएको छ । समान खेल खेलेको साउथह्याम्पटन भने अंक बिहीन रहेको छ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]