6 months ago
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा शनिवार कोशी प्रदेश र संकटा क्लब गोल रहित बराबरीमा रोकिएका छन् ।
दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा संकटा र कोशीले दुवै टोलीले केही राम्रो प्रयास गरे पनि गोल भगर्न सकेनन् ।
बराबरीपछि ५ खेलमा १० अंक जोड्दै कोशी तेस्रो स्थानमा उक्लिएको छ । संकटा भने समान ५ खेलमा ५ अंकका साथ सातौं स्थानमा कायमै छ ।
पुलिस र आर्मीले बराबरी खेले
त्यसअघि पहिलो खेलमा नेपाल पुलिस क्लब ले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसॅंग १-१ को बराबरी खेलेको थियो । पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरिन् ।
अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा आर्मीकी अमिशाले बराबरी गोल फर्काइन् । पुलिसले जारी लिगमा सामना गरेको त्यो पहिलो गोल थियो।
पुलिस, आर्मी र अर्को विभागिय टोली एपिएफ फुटबल
पुलिस सँग गोलरहित बराबरी खेलेको एपिएफले आर्मीलाई हराएको थियो। ३ टोलीले एकअर्काको सामना गर्दा समान २ खेलमा एपिएफले ४, पुलिसले २ र आर्मीले १ अंक जोड्यो।
बराबरी पछि पनि पुलिसले लिगमा अग्रता कायमै राखेको छ । पुलिसको ५ खेलबाट ११ अंक भएको छ । बराबरी पछि आर्मीले ५ खेलमा १० अंक बनाएको जोडेको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 17, 2025
एजेन्सी – न्युक्यासल युनाइटेडले ७० वर्षपछि पहिलो घरेलु उपाधि जितेको छ। वेम्बलीमा आइतवार प्रिमियर लिगको शिर्ष टोली लिभरपुललाई २-१ ले हराउँदै न्युक्यासलले काराबाओ कप जितेको हो । ड्यान बर्न र अलेक्जान्डर इसाकको गोलमा न्युक्यासलले ऐतिहासिक जित निकाल्यो । बर्नले आफ्नो पहिलो इंग्ल्यान्ड टोलीमा छनोट भएको खुसी मनाउँदै पहिलो हाफको इन्ज्युरी समयमा कियरन ट्रिपियर को कर्नरलाई […]
March 17, 2025
एजेन्सी – स्पेनिस ला लिगामा तेस्रो स्थानमा रहेको एट्लेटिको मड्रिडमाथि बार्सिलोनाले पुनरागमन जित हासिल गरेको छ । सोमवार बिहान सम्पन्न खेलमा बार्सिलोनाले एट्लेटिकोलाई ४-२ ले पराजित गरेको हो । यो जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको छ । हारसँगै बार्सिलोना तथा रियल मड्रिडसँग अंक दुरी कम गर्ने मौका एट्लेटिकोले गुमाएको छ । एट्लेटिको घरेलु मैदानमा […]
March 17, 2025
एजेन्सी – कप्तान ब्रुनो फर्नान्डेजले उच्च प्रदर्शनलाई निरन्तरता दिँदा म्यानचेस्टर युनाइटेडले आइतवार इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ। फर्नान्डेजले एक गोल आफैले गर्दै एवम् रस्मुस होयलुन्ड र आलेहान्द्रो गार्नाचोका लागि असिस्ट गरेपछि युनाइटेडले लेस्टर सिटीलाई ३-० ले हराएको छ। युनाइटेड लिगका पछिल्ला चार खेलमा अपराजित रह्यो । किंग पावर स्टेडियम मा हारपछि लेस्टरको शीर्ष […]