8 years ago
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले बिहिबार सार्वजनिक गरेको फेब्रुअरी महिनाको वरियताक्रममा नेपाल दुइ स्थान सुधार्दै १७३औं स्थानमा पुगेको छ।
जनवरी महिनामा १७५औं स्थानमा रहेको नेपालके दुइ स्थान सुधार गरेको हो। नेपाल दक्षिण एसियाली राष्ट्रबीच चौथो स्थानमा रहेको छ । नेपाललाई अफगानिस्तान, भारत र माल्दिभ्सले पछि पारेका छन् भने नेपाल बंगलादेश, भुटान, श्रीलंका र पाकिस्तानभन्दा माथि छ ।
एक स्थान तल झरेपानी १३०औं वरियतामा रहेको भारत दक्षिण एसियाको शीर्षस्थानमा छ। नेपालले आगामी मार्च महिनामा एसियन कपको छनोटमा भिड्ने फिलिपिन्स भने १२२औं स्थानमा यथावत छ।
अर्जेन्टिना फिफा वरियताको शीर्षस्थान र ब्राजिल दोस्रोमा यथावत छ । जर्मनी तेश्री, चिली चौथो र बेल्जियम पाँचौ स्थानमा कायमै छन्।
January 13, 2025
एजेन्सी- साविक विजेता म्यानचेस्टर युनाइटेड एफए कपको चौथो चरणमा पुगेको छ। जोसुआ जिरकेजीले पेनाल्टीमा निर्णायक गोल गरेपछि आइतवार युनाइटेडले आर्सनललाई टाइब्रेकरमा ५-३ ले हराएको हो । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएको थियो । ब्रुनो फर्नान्डेजले ५२ औं मिनेटमा युनाइटेडका गोल गरेका थिए । ग्याब्रिएल मागल्हेसले ६३औं मिनेटमा घरेलु टोलीका लागि बराबरी गोल फर्काएका […]
January 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरण अन्तर्गत आज बागमती युथ क्लबले त्रिभुवन आर्मी क्लबको समाना गर्दैछ। आर्मी जारी लिगमा बागमतीलाई तेस्रो पटक दाउमा रहनेछ। आर्मीले दोस्रो चरणमा बागमतीलाई ३-० शुन्य र अन्तिम चरणको पहिलो लेगमा भने २-० ले हराएको थियो। पछिल्लो जितमा विमला बिक र सपना लामाले गोल गरेका थिए। विभागीय टोली आर्मी, […]
January 13, 2025
एजेन्सी – रियल म्याड्रिडलाई हराउँदै बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि जितेको छ । साउदी अरबमा आइतवार स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग रियल ५-२ ले पराजित भएको हो । यसअघि अक्टोबरमा स्पेनिस ला लिग एल क्लासिकोमा पनि बार्सिलोनाले रियललाई ४-० ले हराएको थियो । बार्सिलोनाको जितमा राफिन्हाको २ , लामिन यमल, रोबर्ट लेवान्डोस्की र एलेजान्ड्रो बाल्डेको […]