default_image

6 months ago

September 14, 2024

पुलिस र आर्मीले बराबरी खेले

1293 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा विभागीय टोली नेपाल पुलिस क्लबले पहिलो गोल बेहोरेको छ ।

पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबसॅंग शनिवार १-१ को बराबरी खेलेको छ । दशरथ रंगाशालामा भएको खेलमा पुलिसका लागि अमृता जैशी र आर्मीका लागि अमिशा कार्कीले गोल गरिन् ।

अमृताले ४८औं मिनेटमा गोल गर्दै पुलिसलाई अग्रता दिलाएकी थिइन् । ६३ औं मिनेटमा आर्मीकी अमिशाले बराबरी गोल फर्काइन् ।

पुलिस, आर्मी र अर्को विभागिय टोली एपिएफ फुटबल क्लब ३ टोलीबीचको प्रतिस्पर्धामा एपिएफ बढि अंक जोड्न सफल भएको छ।

पुलिस सँग गोलरहित बराबरी खेलेको एपिएफले आर्मीलाई हराएको थियो। ३ टोलीले एकअर्काको सामना गर्दा समान २ खेलमा एपिएफले ४, पुलिसले २ र आर्मीले १ अंक जोड्यो।

बराबरी पछि पनि पुलिसले लिगमा अग्रता कायमै राखेको छ । पुलिसको ५ खेलबाट ११ अंक भएको छ । बराबरी पछि आर्मीले ५ खेलमा १० अंक बनाएको छ ।

आजै हुने दोस्रो खेलमा संकटा क्लब र कोशी प्रदेश आमने सामने हुँदैछन् । लिगमा ४ खेलमा ९ अंक जोड्दै कोशी चौथो स्थानमा छ । संकटा भने समान ४ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.