6 months ago
September 14, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुदैछन् । आजबाट लिगका पाँचौ राउन्डको खेलहरु सुरु हुँदैछन् ।
आजको पहिलो खेलमा दुई विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब आमने सामने हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मध्यान्ह १२ः३० बाट सुरु हुँदैछ ।
पुलिस ४ खेलमा ३ जित र १ बराबरीसहित १० अंक साथ शीर्ष स्थानमा छ । खेलमा आर्मीलाई पराजित गर्दै पुलिस शीर्ष स्थानमा कायम रहन चाहन्छ ।
आर्मी समान ४ खेलमा ३ जित र १ हारसहित ९ अंकका साथ तेस्रो स्थानमा छ । पुलिसलाई पराजित गरी आर्मी शीर्ष स्थानमा उक्लिन चाहन्छ ।
आजै हुने दोस्रो खेलमा संकटा क्लब र कोशी प्रदेश आमने सामने हुँदैछन् । लिगमा ४ खेलमा ९ अंक जोड्दै कोशी चौथो स्थानमा छ । संकटा भने समान ४ खेलमा ४ अंकका साथ सातौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 17, 2025
एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]
March 17, 2025
एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]
March 17, 2025
एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]