default_image

6 months ago

September 13, 2024

चन्द्रपुरको पहिलो जितमा सुदूरपश्चिमको लगातार चौथौ हार

446 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगमा चन्द्रपुर नगरपालिकाले पहिलो जित हासिल गरेको छ।

सातदोबाटोस्थित एन्फा खेल मैदानमा शुक्रवार भएको खेलमा चन्द्रपुर नगरपालिकाले सुदूरपश्चिम प्रदेशलाई ४-० ले पराजित गर्यो। चौथो खेलमा चन्द्रपुरको यो पहिलो जित हो।

अंकको खाता खोल्न नसकेको सुदूरपश्चिम विरूद्ध चन्द्रपुरले तेस्रो मिनेटमा नै अग्रता बनायो। अनिता राना मगरले गोल‌ गर्दै सुरूवाती अग्रता दिलाइन् । खेलको १५औं मिनेटमा रजनी थोकरले अग्रता दुगुना गरिन्।

पहिलो हाफमा चन्द्रपुरले २-० को अग्रता बनायो। निरिह सुदूर दोस्रो हाफमा खेलमा फर्कन सकेन भने ६३औं मिनेटमा एलिना चौधरीले आत्मघाती गोल उपहारमा चन्द्रपुर ३-० को अग्रता बनाउन सफल‌ रहयो।

यसपछि ८९औं‌ मिनेटमा सजनी थोकरले होल गर्दा चन्द्रपुर सुदरलाई ४-० को सहज नतिजामा हराउन सफल रहयो।

४ खेल खेलेको चन्द्रपुरले‌ पहिलो जितबाट ३ अंक जोडेको छ। उसको ५ अंक पुगेको छ। चन्द्रपुर यसअघि कर्णाली र संकटासँग बराबरीमा रोकिंदा एपिएफसँग हारेको थियो।

सुदूरको भने यो लगातार चौथौ हार हो। सुदूरपश्चिमले बागमती युवा क्लब, पुलिस क्लब र त्रिभुवन आर्मीसँग हार बेहोरेको थियो।

March 19, 2025

एपिएफ राष्ट्रिय महिला फुटबलको फाइनलमा

सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]

March 19, 2025

बाँसबारीले आरसीटीलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]

March 19, 2025

ब्वाइज युनियन र टुसालको लगातार बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]

Success

Thank you for your time.