8 years ago
February 9, 2017
काठमाडौं (हाम्रो खेलकुद)– एएफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई सरकारले घोषणा गरेको पुरस्कार शुक्रबार प्रदान गर्ने भनिएकोमा अर्को साता गरिने भएको छ ।
शुक्रबार हुने भनिएको कार्यक्रम विशेष कारणवाश सोमबार सारिएको एन्फा श्रोतले जानकारी दियो।
सरकारले टोलीका हरेक सदस्यलाई ३ लाख रुपैयाँबाट पुरस्कृत गर्ने यसअघि नै निर्णय गरिसकेको थियो । कात्तिक अन्त्यमा मलेसियाको कुचिङमा भएको सोलिडारिटी कपको फाइनलमा मकाउलाई १–० ले हराउँदै नेपाल च्याम्पियन बनेको थियो । नेपालले एसियाली फुटबल महासंघ (एएफसी) को आधिकारिक प्रतियोगिता जितेको त्यो नै पहिलो थियो । त्यहि सफलताका कारण र ग्वामले नखेल्ने भएपछि नेपालले एएफसी एसियन कपको छनोटमा मौका पाएको थियो । सोलिडारिटी कप विजेता टोलीका सदस्यलाई एन्फाले पनि जनही ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
अनिल गुरुङको कप्तानीमा रहेको टोलीमा विकेश कुथु, रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, विमल घर्तीमगर, विशाल राई, रञ्जन विष्ट, हेमन गुरुङ, विक्रम लामा, कमल श्रेष्ठ रहेका थिए । त्यस्तै अञ्जन विष्ट, सुजल श्रेष्ठ, किरण चेम्जोङ, सुमन लामा, नवयुग श्रेष्ठ, देवन्द्र तामाङ, विशाल श्रेष्ठ, भरत खवास, राजेन्द्र रावल र रञ्जित धिमाल टोलीका सदस्य थिए ।
प्रशिक्षण टोलीमा जापानी ग्यातुको कोजी मुख्य प्रशिक्षक तथा राजुकाजी शाक्य प्रशिक्षक, उज्जवल मानन्धर गोलकिपर प्रशिक्षक थिए । टोली व्यवस्थापकमा विराटजंग शाही, फिजियो सुरज भुसाल र मिडिया अफिसर सुवास हुमागाई थिए ।
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]