default_image

6 months ago

September 12, 2024

आहा रारा पोखरा गोल्ड कपमा १५ लाख बढी घाटा

835 views

0 Bookmark

पोखरा(हाम्रो खेलकुद) – गत वर्ष आयोजना भएको २३औं संस्करणको आहा रारा पोखरा गोल्ड कपमा १५ लाख रुपैयाँ भन्दा बढी घाटा भएको छ ।

आयोजक सहारा क्लब पोखराले बिहीवार गोल्डकपको खर्चविवरण प्रस्तुत गर्दै १५ लाख ३८ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको जनाएको छ ।

सहारा अनुसार गोल्डकपबाट ९९ लाख ९५ हजार ४ सय ५१ रुपैयाँ आम्दानी भएको थियो । क्लबमा महासचिव रामजी प्रसाद अधिकारीका अनुसार गोल्डकपमा १ करोड १५ लाख ३३ हजार ९ सय १७ रुपैयाँ खर्च भएको थियो ।

सहारा क्लब पोखरा द्वारा संचालित कठिन परिस्थिति एंव विपन्न वर्गका बालकहरु सम्मिलित सुर्य बहादुर के.सी. स्मृति सहारा फुटबल एकेडेमीको सहयोगार्थ गोल्ड कप आयोजना हुँदै आएको छ।

‘देशव्यापी रुपमा देखा परेको आर्थिक मन्दी र राष्ट्रिय फुटबल खेलाडीहरुको विदेश पलायनले नेपालको राष्ट्रिय फुटबलको रौनक घट्‌दै गएको कारण प्रतियोगिता संचालनमा निकै चुनौती रहेको थियो,’ सहाराका महासचिव अधिकारीले भने ।

प्रतियोगिताको २३ औं संस्करण गत वर्ष माघ ८ देखि २० गते सम्म रंगशालामा आयोजना भएको थियो ।
१२ टोलीको‌ सहभागिता रहेको २३ औं आहा ! रारा पोखरा गोल्ड कपमा त्रिभुवन आर्मी फुटबल क्लब च्याम्पियन बनेको‌ थियो। थ्री स्टार क्लब ललितपुरलाई हराउँदै आर्मी विजयी भएको थियो।

हिमश्री फुड्सले मुख्य प्रायोजन गरेको आहा रारा पोखरा गोल्ड कपको संरक्षक पोखरा महानगरपालिका, उप-प्रायोजकहरु पोखरा वडा.न. ९, बाँस्तोलाथर, चरक मेमोरियल हस्पिटल नागढुङ्गा रहेका थिए।

विशेष सहयोगी संस्थाहरुमा राखेप, प्रदेश खेलकुद परिषद गण्डकी, सहारा युके, सहारा क्लब हङ्गकङ्ग, सहारा क्लंब अष्ट्रेलिया, कास्की जिल्ला खेलकुद विकास समितिलगायत थिए।

March 17, 2025

पिएसजीले मार्सेलाई हरायो

एजेन्सी – शीर्ष स्थानको पेरिस सेन्ट–जर्मेन (पिएसजी) फ्रेन्च लिग वानमा दोस्रो स्थानको मार्सेलाई हराएको छ । मार्सेलाई आइतवार ३-१ ले हराउँदै पिएसजी लगातार १३औं फ्रेन्च लिग उपाधि नजिक पुगेको छ । घरेलु मैदानमा पिएसजीको जितमा उस्मान डेम्बेले, नुनो मेन्डेसले गोल गर्दा मार्सेले १ गोल उपहार स्वरुप दियो । मार्सेका लागि अमिन गुइरिले गोल गरे । […]

March 17, 2025

मायमीको जितमा मेसीको गोल

एजेन्सी – कप्तान लिओनल मेसीको गोल गरेको खेलमा इन्टर मायमी अमेरिकाको मेजर लिग सकर(एमएलएस) मा विजयी भएको छ । मायमीले आइतवार भएको खेलमा एट्लान्टा युनाइटेलाई २-१ ले हराएको हो । मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा मायमीको जितमा मेसी र फाफा पिकाउल्टले गोल गरे । एटलान्टाका लागि इमानुएल लाटे लाथले गोल गरे । खेलमा अग्रता एटलान्टाले लिएको […]

March 17, 2025

इन्टरसँग एटलान्टाको हार

एजेन्सी – इटालियन सिरी ए मा शीर्ष स्थानको इन्टर मिलानले तेस्रो स्थानको एटलान्टालाई हराएको छ । जितसँगै इन्टरले लिगमा स्पष्ट ३ अंकको अग्रता लिएको हो । इन्टरले आइतवार एटलान्टामाथि २-० को जित हात पारेको हो । एटलान्टाको मैदानमा इन्टरकस लागि कार्लोस अगस्टो र लउटारो मार्टिनेजले गोल गरे । ५४औं मिनेटमा इन्टरका अगस्टोले गोल गरे । […]

Success

Thank you for your time.