default_image

6 months ago

September 11, 2024

संकटाको लिगमा पहिलो जित

967 views

0 Bookmark

काठमाडौ(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा संकटा क्लबले पहिलो जित निकालेको छ । चौथो खेलमा पहिलो जित हात पार्ने क्रममा बुधवार संकटाले कर्णाली प्रदेशलाई २-० ले पराजित गर्यो ।

ललितपुरमा रहेको एन्फा कम्प्लेक्समा भएको खेलमा संकटालाई जित दिलाउन सेलिना अनिमा र टोम्लोफेले समान १ गोल गरे । संकटाका लागि पहिलो हाफको इन्ज्युरी समयमा अनिमाले पहिलो गोल गरिन् ।

संकटाका लागि महिला लिगमा यो पहिलो गोल हो । टोम्लोफेले ५५औं मिनेटमा दोस्रो गोल गर्दै संकटालाई पहिलो जित दिलाईन् ।

संकटा ४ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । कर्णाली भने बिहिन रुपमा तालिकाको नवौं स्थानमा छ ।

आज पहिलो खेलमा कोशी प्रदेशलाई ४-० हराउदै नेपाल पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

February 26, 2025

नासरको जितमा रोनाल्डोको गोल

एजेन्सी – साउदी प्रो लिगमा मंगलवार अल नासर क्लबले अल वाहिडलाई २-० ले पराजित गरेको छ । नासरको जितमा कप्तान क्रिस्टियानो रोनाल्डो तथा साडियो मानेले गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको सुरुवातमा नै नासरले अग्रता लियो । ४८औं मिनेटमा नासरका कप्तान रोनाल्डोले गोल गरे । इन्ज्युरी समयको अन्तिममा […]

February 26, 2025

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस कोपा डेल रे सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एट्लेटिको मड्रिडले बराबरी खेलेका छन् । मंगलवार भएको खेलमा ४-४ को बराबरी भयो । बार्सिलोनाको मैदानमा पाहुना टोलीका जुलियन अल्भारेज, एन्टोनियो ग्रिजम्यान, मार्को लोलरेन्ट र अलेक्जेन्डर सोर्लोथले गोल गरे । बार्सिलोनाका लागि भने पेड्रो, पाउ क्युबार्सी, इनिगो मार्टिनेज र रोबर्ट लेवान्डोस्कीले गोल गरे । […]

February 25, 2025

आयोजक भद्रपुर झापा गोल्डकपको फाइनलमा

हिमाल खरेल,भद्रपुर आयोजकको टोली भद्रपुर ब्लेजर्स भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । भद्रपुरस्थित मेची रंगशालामा आज भएको पहिलो सेमिफाइनलम काउर्न बाजार प्रगति संघ बंगलादेशलाई टाइब्रेकरमा हराउँदै भद्रपुर ब्लेजर्सले उपाधि नजिक पुगेको हो । ९० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि भएको टाइब्रेकरमा भद्रपुरले काउर्नलाई ४-३ गोल अन्तरले पराजित […]

Success

Thank you for your time.