default_image

6 months ago

September 11, 2024

कोशीलाई हराउँदै पुलिस शीर्षस्थानमा

779 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एन्फा महिला लिग फुटबलमा बुधवार कोशी प्रदेशलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

पुलिसले कोशीलाई सँग ४-० ले पराजित भयो । पुलिसको चौथो खेलमा यो तेस्रो जित हो । समान खेलमा कोशीको यो पहिलो हार हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिसलाई जित दिलाउन निर्मला उपाध्याय, अनुष्का शेर्पा, सम्झना लावती र अमृता जैसीले १ गोल गरे ।

अनुष्काले २४औं मिनेटमा गोल गर्दै पुलिसलाई अगाडि बढाइन् । निर्मलाले ४६औं मिनेटमा गोल गर्दै अग्रता दोब्बरको बनाईन् ।

खेलको ७९औं मिनेटमा सम्झना तथा ८८औं मिनेटमा अमृताले गोल गर्दै पुलिसको अपराजित यात्रा कायमै राखिन् । योसँगै कोशीको विजयी यात्रा टुंगिएको छ।

जितपछि ४ खेलमा १० अंकका साथ पुलिस शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट कोशी ९ अंकसहित दोश्रो स्थानमा छ ।

आज नै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।

संकटा र कर्णाली ३ खेलमा १ बराबरी २ हारका साथ अंक तालिकाको आठौं र नवौं स्थानमा छन् । दुवै टोली पहिलो जितको लक्ष्यका उत्रनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.