default_image

6 months ago

September 11, 2024

एन्फा महिला लिग- शीर्ष स्थानको कोशी र पुलिस खेल्दै

743 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा बुधवार दुई खेल हुँदैछन् । लिगमा आजबाट चौथो राउन्डका खेलहरु सुरु हुदैछ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुनेछ । खेल मध्यान्ह १२ः३० बजे सुरु हुनेछ ।

कोशी तीन खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । पुलिसलाई हराउँदै कोशी चौथो खेलमा पनि अपराजित यात्रा कायम राख्न चाहन्छ ।

पुलिस भने ३ खेल मध्ये २ जित र १ बराबरीसहित ७
अंक लिएर तालिकाको दोस्रो स्थानमा छ । कोशीलाई हराउँदै पुलिस लिगको पहिलो स्थानमा उक्लिन चाहन्छ । यस खेलमा विजेता हुने टोली शीर्ष स्थानमा रहने हुँदा खेल प्रतिस्पर्धात्मक हुने अनुमान रहेको छ ।

आज नै हुने दोस्रो खेलमा कर्णाली प्रदेश र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ः३० मा सुरु हुनेछ ।

संकटा र कर्णाली ३ खेलमा १ बराबरी २ हारका साथ अंक तालिकाको आठौं र नवौं स्थानमा छन् । दुवै टोली पहिलो जितको लक्ष्यका उत्रनेछन्।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.