6 months ago
September 11, 2024
एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ ।
इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको त्यो एक सयौं खेल थियो।
केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै उनी सयौं खेलमा इङ्ग्ल्याण्डका लागि गोल गर्ने तेस्रो खेलाडी बने । यसअघि वायने रुनीले सन् २०१४ र बबी चार्लटनले १९७० मा आफ्नो सयौं खेलमा इङ्ग्ल्याण्डका लागि गोल गरेका थिए।
केनले दुवै गोल दोस्रो हाफ गरेका थिए। केनले ५७औं मिनेटमा पहिलो गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए ।
केनले ७६औं मिनेटमा अर्को गोल गर्दै इङ्ग्ल्यान्डलाई जित दिलाए । त्यो उनको इङ्ग्ल्याण्डका लागि ६८ औं गोल हो। पहिलो खेलमा इङ्ल्यान्डले आयरल्यान्डलाई २-० ले पराजित गरेको थियो ।
२ खेलमा ६ अंक जोडेको इङ्ग्ल्यान्ड आफ्नो समूह १ को दोस्रो स्थानमा छ । समान अंकको ग्रिस गोल अन्तरमा शीर्ष स्थानमा छ । अन्य खेलमा ग्रिस, जर्जिया, नर्थ म्याक्यान्डाेनिस, माल्टा विजयी भएका छन् ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]