default_image

6 months ago

September 11, 2024

अजेन्टिनाको दोस्रो हार

2673 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ ।

आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो ।

घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए ।

खेलको २५औं मिनेटमा मस्जिद्राले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । अर्जेन्टिनाका गोन्जालोले ४८ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । रोड्रिग्वेजले खेलको ६०औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै कोलम्बियालाई जित दिलाए।

८ खेलमा १६ अंकका साथ कोलम्बिया तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट १८ अंकका साथ अर्जेन्टिना शीर्ष स्थानमा छ । अरु खेलहरुमा बोलिभियाले चिलीलाई २-१ तथा इक्वेडरले पेरुलाई १-० ले पराजित गरेको ।

March 13, 2025

अबयोमी नायक बन्दा चर्च ब्वाइज मेचीनगर गोल्डकपको फाइनलमा

हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]

March 13, 2025

पेनोरिस ११ इन्डो–नेपाल क्रिकेटको फाइनलमा

हिमाल खरेल,मेचीनगर पेनोरिस–११ झापाको मेचीनगर–४ बाहुनडाँगीमा जारी इन्डो–नेपाल टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनलमा बौद्धमोड क्रिकेट क्लबलाई ३६ रनले पराजित गर्दै पेनोरिस–११ उपाधि नजिक पुगेको हो। सरस्वती माविको खेल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको पेनोरिसले १९.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ८३ रन बनाएको थियोे । टोलीका शुभांकर देवनाथले […]

March 13, 2025

न्यु स्टार माछापोखरी हिटी गोल्डकपको उपाधि

हिमाल खरेल,बिर्तामोड झापा बिर्तामोडको न्यु स्टार क्लबले दोस्रो आमन्त्रित माछापोखरी हिटी गोल्डकपको उपाधि जितेको छ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ५ चाँगेमा माछापोखरी हिटी क्लबको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा न्यु स्टारले साविक विजेता मरिक एफसी धरानलाई हराउँदै उपाधि जितेको हो । न्यु स्टारले १- ० गोल अन्तरले हराउँदै उपाधि रक्षा गरेको हो । झापाको लागि […]

Success

Thank you for your time.