8 years ago
February 9, 2017
सिमरा (हाम्रो खेलकुद)– गत महिना टुबोर्ग हेटौडा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि उचालेको आर्मीले रुस्लान आठौं सिमरा गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पाको सामना गर्दैछ । अब केही समयमा सुरु हुने खेलको विजेताले शनिबार सिएमजी क्लब संकटासँग फाइनल खेल्नेछ ।
सोझै क्वार्टरफाइनलमा प्रवेश पाएको आर्मीले वीरगन्ज युथ युनाइटेडलाई ३–० ले र हिमालयन शेर्पाले रुपन्देहीलाई १–० ले हराएर एकअर्कासँगको भेट पक्का गरेको थियो । सेमिफाइनलमा आर्मीसँग गोलकिपर विकेश कुथुको साथ रहने छैन । अघिल्लो खेलमा उनको टाउकोमा चोट लागेपछि उनी आराम गरिरहेका छन् ।
आर्मी बर्षको छैटौं फाइनल प्रवेशका लागि प्रयासरत रहँदा झन्डै तीन बर्षपछि सक्रिय फुटबलमा फर्केको हिमालयन शेर्पा लयमा फर्कने प्रयासमा हुनेछ । यसअघिका ५ फाइनल खेलेको आर्मीले ३ मा उपाधि जितेको थियो भने दुईमा उपविजेतामा चित्त बुझाएको थियो । गत महिना हेटौडामा च्याम्पियन बनेपछि भने आर्मी फाइनल पुग्न सकेको छैन ।
हेटौडापछि सुदूरपश्चिमाञ्चल गोल्डकपको पहिलो खेलमै पराजित आर्मी त्यसपछि आहा रारा गोल्डकप र गत साता रमपम झापा गोल्डकपको सेमिफाइनल भन्दा अघि बढ्न सकेन । बिहीबारको खेल जित्नेले कम्तीमा २ लाख ५१ हजार रुपैयाँ पुरस्कार पक्का गर्नेछ । रुस्लान आठौं गोल्ड कपको विजेताले उपाधिसहित ५ लाख ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
January 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एन्फा महिला लिगको अन्तिम चरणको आजको खेलमा आज वालिङ नगरपालिका र बागमती युथ क्लबले प्रतिस्पर्धा गर्देछन्। एन्फा कम्प्लेक्समा यी दुई टोलीले एकअर्काको सामना गर्दा अंकको खाता खोल्ने दाउमा रहनेछन्। दुवैले यसअघि तीन खेल खेलिसकेका छन्। तीन खेलमा दुवै टोलीले तीन विभागीय टिमसँग हारेका थिए। बागमतीले नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबसँग […]
January 10, 2025
एजेन्सी – रियल म्याड्रिड स्पेनिस सुपर कपको फाइनलमा पुगेको छ । साउदी अरबको जेद्दामा भएको दोस्रो सेमिफाइनलमा बिहीवार मलोर्कालाई ३-० ले हराउँदै रियल अन्तिम दुईमा पुगेको हो । रियलको जितमा जुड बेलिंघन र रोड्रिगोले गोल गरे । अर्को गोल आत्मघाती गोल भयो । बेलिघमले ६३ औं मिनेटमा गोल को खाता खोले । इन्ज्युरी समयको तेस्रो […]
January 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार तेस्रो जितसँगै एपिएफ फुटबल क्लब एन्फा महिला लिगको अन्तिम चरणको शीर्षस्थानमा उक्लिएको छ। एपिएफले बिहीवार नेपाल पुलिस फुटबल क्लबलाई ६-० ले हरायो। एपिएफको जितमा अनिता बस्नेतले ह्याट्रिक गर्दा सरु लिम्बुले २ तथा रेनुका नगरकोटीले १ गोल गरिन्। एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा एपिएफले पुलिस विरुद्ध पुर्णरूपमा दबाब बनायो। १० औं […]