6 months ago
September 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- अर्को महिना हुने एएफसी यु-२० एसियन कप छनोटका लागि सोमवार २३ सदस्यीय टोली घोषणा गरिएको छ।
चाइनिज ताइपेईले असोज ५ देखि १३ गतेसम्म हुने छनोट का लागि मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको घोषणा गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।
प्रतियोगिताको समूह ‘बी’ मा नेपालसहित उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया छ । नेपालले आफ्नो पहिलो खेल असोज ५ गते हुनेछ।
नेपालले कम्बोडियासँग असोज ७ गते र असोज ९ आयोजक चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालले असोज ११ गते उज्वेकिस्तान र समूहको अन्तिम खेलमा असोज १३ गते बहराइनसँग खेल्नेछ। यसै महिना काठमाडौंमा भएको साफ यु २० मा नेपाली टोली दोस्रो भएको थियो।
नेपाली यु २० फुटबल टोली
गोलकिपर – अमित टमाटा, जियारथ शेख, कृषल मोक्तान
डिफेन्डर – आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सेमन्त थापा, दिपक थापा मगर
मिडफिल्डर – अभिनाष स्याङ्तान, कुशल देउवा, लच्छु थापा, सरोज दार्लामी, प्रशान्त लक्छम
फरवार्ड – अनिल बोम्जन, धनसिंह विक, धरबेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निरजन धामी
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]