default_image

6 months ago

September 9, 2024

चन्द्रपुरविरुद्ध एपिएफको गोल वर्षा

1264 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लबले चन्द्रपुर नगरपालिकामाथि फराकिलो जित निकालेको छ । तेस्रो खेलमा दोस्रो जित निकाल्ने क्रममा एपिएफले चन्द्रपुरलाई ६-० ले पराजित गरेको हो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा एपिएफलाई जित दिलाउन रेनुका नगरकोटेले २ तथा रश्मी कुमारी घिसिङ, प्रिती राई, गिता राना र सविता राना मगरले समान १ गोल गरिन् ।

एपिएफले १८औं मिनेटमा सविताको गोलबाट अग्रता लिएको थियो । एपिएफका लागि ३२औं र ३५औं मिनेटमा रेनुकाले गोल गरिन् । पहिलो हाफमा ३ गोलले अघि रहेको एपिएफले दोस्रो हाफमा ३ गोल थपेको थियो ।

एपिएफका लागि ५२औं मिनेटमा रश्मी र ८४औं मिनेटमा प्रितीले गोल गरे । निर्धारित समय सकिन २ मिनेट बाकी रहॅंदा गिताले पेनाल्टी गरिन् ।

जितसॅंगै एपिएफ ३ खेलमा ७ अंकका साथ तेस्रो स्थानमा छ । पराजित चन्द्रपुर समान खेलबाट २ अंक जोडेर सातौं स्थानमा छ । आजै भएको पहिलो खेलमा संकटा क्लबमाथि वालिङ नगरपालीकाले १-० को जित निकालेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

March 17, 2025

वीरगन्ज युनाइटेडको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]

March 17, 2025

झापामा एनएसएलको ट्रफी प्रदर्शन

हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]

March 17, 2025

३ नयाँसहित राष्ट्रिय फुटबल टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ‌ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]

Success

Thank you for your time.