6 months ago
September 9, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा सोमवार दुई खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा वालिङ नगरपालिका र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
वालिङ १ जित र १ हारका साथ अंक तालिकाको छैठौं स्थानमा छ । संकटा भने १ बराबरी र १ हारका साथ आठौंं स्थानमा छ ।
आज हुने दोस्रो खेलमा नेपाल एपिएफ क्लब र चन्द्रपुर नगरपालिकाबीच खेल हुनेछ । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । एपिएफ १ जित र १ बराबरीका साथ तेस्रो स्थानमा र छ ।
चन्द्रपुरलाई हराउँदै एपिएफ आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । चन्द्रपुर भने २ बराबरीका साथ सातौं स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 18, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । आज भएको पहिलो चरणको अन्तिम खेलमा आर्मीले संकटा एफसी काठमाडौंलाई २-० ले हराउँदै अन्तिम चारको यात्रा तय गर्यो। आर्मीको जितमा हिमा चौधरी र चन्द्रा भण्डारीले गोल गरे । पहिलो हाफमा आर्मीलाई रोकेको संकटा दोस्रो हाफमा गोलको सामना गर्यो […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]