6 months ago
September 9, 2024
एजेन्सी – युइएफए नेसन्स लिगमा स्पेनले स्विट्जरल्याण्डमाथि सहज जित निकालेको छ ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा २०२४ को युरो कपको विजेता स्पेनले आइतवार स्विट्जरल्याण्डलाई ४–१ ले हराएको हो।
स्विट्जरल्याण्डको घरेलु मैदानमा भएको खेलमा स्पेनको जितमा फावियन रुइजले २ तथा जोसेलु र फेरान टोरेजले समान १ गोल गरेका थिए । स्विट्जरल्याण्डका लागि भने जाकी अम्बोउनीले गोल गरे ।
जोसुलुले चौथो मिनेटमै स्पेनलाई अग्रता दिलाएका हुन् । स्पेनका लागि रुइजले १३औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए ।
२०औं मिनेटमा नोर्मान्डले रातो कार्डको सामना गरेपछि स्पेन १० खेलाडीमा सिमित बन्यो । ४१औं मिनेटमा स्विटरल्यान्डका अम्बोउनीले गोल फर्काए ।
स्पेनका लागि ७७औं मिनेटमा रुइजले व्यतिगत दोस्रो गोल गर्दै ३-१ को अग्रता बनाए । टोरेसले ८०औं मिनेटमा गोल गर्दै स्पेनलाई सहज जित दिलाए ।
लिगमा पहिलो जित निकालेको स्पेनको ४ अंकका साथ ग्रुप ४ को तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमा स्पेन सर्वियासँग गोलरहित बराबरीमा रोकिएको थियो ।
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा वीरगन्ज युनाइटेड क्लबले पहिलो जित निकालेको छ । वीरगन्जले श्री कुमारीलाई २-० गोल अन्तरले हरायो । वीरगन्जको जितमा विपिन तुमसिंह मगर र कृपाकान्त महतो थारूले एक-एक गोल गरे । एन्फा कम्पलेक्समा आज भएको खेलमा वीरगन्जले सुरूवातमा नै अग्रता बनायो । उसको लागि खेलको १२ औं मिनेटमा […]
March 17, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल सुपर लिग (एनएसएल) ट्रफी झापाका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । काठमाडौंमा चैत १६ गते सुरु हुने एनएसएलको ट्रफी आज झापा जिल्ला खेलकुद विकास समितिअन्तर्गत मेची रंगशाला भद्रपुरमा प्रदर्शन गरिएको झापा तथा भद्रपुर झापा गोल्डकपका सचिवालयले जानकारी दिइएको छ। रंगशाला परिसरमा आयोजित ट्रफी प्रदर्शनी कार्यक्रममा समितिका अध्यक्ष प्रशान्त भण्डारी, नेपाल उद्योग […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एएफसी एसियन कप छनोट र मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सोमवार टोलीको घोषणा गरेका हुन्। गोलरक्षक अञ्जल श्रेष्ठ, डिफेन्डर रक्षक सुमन श्रेष्ठ र स्ट्राइकर सुवास बम ठकुरी पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउन सफल […]