6 months ago
September 9, 2024
एजेन्सी – युएएफए नेसन्स लिगमा कप्तान क्रिटियानो रोनाल्डोको गोलमा पोर्चुगलले स्कटल्यान्डलाई हराएको छ ।
लिगमा लगातार दोस्रो जित हात पार्ने क्रममा पोर्चुगलले स्कटल्यान्डमाथि २-१ को जित निकालेको हो ।
स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जित दिलाउन रोनाल्डो र ब्रुनो फर्नान्डिजले समान १ गोल गरे ।
स्कटल्यान्डका लागि मैकटोमिनेले १ गोल गरे । खेलमा अग्रता भने स्कटल्यान्डले लिएको थियो । स्कटल्यान्डका लागि सातौं मिनेटमा मैकटोमिनेसको गोलमा गरेका थिए ।
५४औ मिनेटमा फर्नान्डिजले पोर्चुगलका लागि बराबरी गोल फर्काए । बराबरी उन्मुख खेलको अन्तिम समयमा रोनाल्डोले विजयी गोल गरे ।
निर्धारित समय सकिन २ मिनेट बाँकी रहँदा रोनाल्डोले गरेको गोलले पोर्चुगल लगातार दोस्रो खेलमा विजयी भयो । ग्रुप एमा रहेको पोर्चुगल ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – भारतको अरुणाचल प्रदेशमा हुने साफ यू-१९ पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । नेपालले आफ्नो पहिलो खेल वैशाख २८ मा श्रीलङ्कासँग खेल्नेछ । दोस्रो खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतको सामना वैशाख ३० गते गर्नेछ । नेपाल समूह ‘बी’ मा भारत र श्रीलङ्कासँग रहेको छ । समूह ‘ए’ मा बङ्गलादेश, माल्दिभ्स र […]
March 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – अन्तराष्ट्रिय मैत्रिपूर्ण खेल र एएफसी एसियन कप छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टिमलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ तथा एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ लगायतका पदाधिकारीहरूले नेपाली टिमलाई सफलताको शुभकामना दिँदै बिदाई गरे । नेपाली टोली आज नेपालबाट प्रस्थान गरेर मलेसिया ट्रान्जिट हुँदै भोली सिंगापुर […]