default_image

8 months ago

September 8, 2024

कोशीको लगातार तेस्रो जित

681 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार तेस्रो जित हात पारेको छ । लगातार तेस्रो जित हात पार्ने क्रममा कोशीले आइतवार कर्णाली प्रदेशलाई ४-० ले पराजित गर्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा कोशीलाई जित दिलाउन पुर्णिमा राईले २ तथा प्रतिक्षा राई र समिक्षा मगरले समान १ गोल गरे ।

पुर्णिमाले ३४औं मिनेटमा गरेको गोलबाट कोशीले अग्रता लियो । ६६औं मिनेटमा समिक्षाले अग्रता दोब्बर बनाइन् ।

पुर्णिमाले ७१औं मिनेटमा व्यक्तिगत दोस्रो तथा कोशीका लागि तेस्रो गोल गरिन् । प्रतिक्षाले ७४औं मिनेटमा गोल गर्दै कोशीको अपराजित यात्रा कायमै राखिन् ।

तेस्रो खेलमा अपराजित रहँदै ९ अंक जोडेको कोशी तालिकाको शीर्ष स्थानमा छ । पराजित कर्णाली नवौं स्थानमा झरेको छ ।

आज नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पुलिस १ जित र १ बराबरीका साथ दोस्रो स्थानमा रहेको छ ।

बागमतीलाई हराउँदै पुलिस आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । बागमती भने १ जित र १ हारका साथ चौथो स्थानमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.