8 months ago
September 8, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आज दुई खेल हुँदैछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
कोशी दुई खेलमा शतप्रतिशत जितका साथ अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । कर्णालीलाई हराउँदै कोशी तेस्रो खेलमा पनि अपराजित यात्रा कायम राख्न चाहन्छ ।
कर्णाली भने २ खेलमा १ मा हार र १ मा बराबरी सहित अंक तालिकाको आठौं स्थानमा छ । कोशीलाई हराउँदै कर्णाली लिगमा पहिलो जित निकाल्न चाहन्छ ।
आज नै हुने दोस्रो खेलमा नेपाल पुलिस क्लब र बागमती युथ क्लबबीच खेल हुनेछ । एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पुलिस १ जित र १ बराबरीका साथ दोस्रो स्थानमा रहेको छ ।
बागमतीलाई हराउँदै पुलिस आफ्नो अपराजित यात्रा कायमै राख्न चाहन्छ । बागमती भने १ जित र १ हारका साथ चौथो स्थानमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]