default_image

8 months ago

September 8, 2024

जर्मनीको फराकिलो जित

765 views

0 Bookmark

एजेन्सी – जर्मनीले युइएफए नेसन्स लिगमा फराकिलो जित निकालेको छ । ग्रुप थ्रीमा जर्मनीले शनिवार हङ्गेरीमाथि ५-० को जित निकाल्यो ।

घरेलु मैदानमा भएको खेलमा जर्मनीको जितमा निकोलस फ्युलक्रुग, मुसियाला, फ्लोरियन विर्ट्ज, अलेक्जेन्डर पावलोभिच र काई हाभर्ट्ज गोल गरे ।

जर्मनीका निकोलस फ्युलक्रुगले २७औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। ५८औं मिनेटमा मुसियालाले गोल गर्दै अग्रता दोब्बर बनाए।

विर्ट्जले ६६औं मिनेटमा र ७७ औं मिनेटमा पावलोभिचले गोल गर्दै जर्मनीलाई ४-० को अवस्थामा पुर्‍याए । ८१औं मिनेटमा काई हाभर्ट्जले पेनाल्टीमार्फत गोल थपे।

अर्को खेलमा इङ्ग्ल्यान्डले युइएफए नेसन्स लिगको गणतान्त्रिक आयरल्यान्डलाई हराएको छ।
ग्रुप टुमा शनिवार भएको खेलमा इङ्ग्ल्यान्ड २-० ले विजयी भएको हो। टोलीलाई जित दिलाउन डेक्लेन राइस र ज्याक ग्रेलिसले गोल‌ गरे। राइसले ११ औं र ग्रेलिसले २६ औं मिनेटमा गोल गरेका हुन्।

कार्यवहाक प्रशिक्षक लि कार्ल्सलीको नेतृत्वमा इङ्ग्ल्यान्डले सफलता प्राप्त गरेको हो। गेराथ साउथगेटले छोडयता इङ्ग्ल्यान्डको यो पहिलो खेल‌ हो ।
युरो-२०२४ को समाप्तिमा साउथगेट प्रशिक्षकको जिम्मेवारीबाट अलग भएका थिए।

शनिवारका अन्य खेलमा नेदरल्यान्ड्स, अल्बानिया र ग्रिस विजयी भएका छन्। ग्रुप थ्रीमा नेदरल्यान्ड्सले बोस्निया एन्ड हर्जगोभिनालाई ५-२ ले पराजित गर्यो । ग्रुप वानमा अल्बानियाले युक्रेनलाई २-१ र ग्रुप टुमा ग्रिसले फिनल्यान्डलाई ३-० ले पराजित गरेको छ।

May 2, 2025

चितवनको विजयी सुरुवात

रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]

May 2, 2025

खेलकुदका‌ लागि एपिएफ क्लबको‌ सहयोग

काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]

May 2, 2025

ब्रेन्टफोर्डसँग नटिङ्घम फरेस्टको हार

एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ‌। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो।‌ सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]

Success

Thank you for your time.