6 months ago
September 8, 2024
काठमाडौं (हाम्रो खेलकुद) – बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित क्याटलान क्लब एफसी बार्सिलोनाको समर्थक समूहले एफसी बार्सिलोनाको आधिकारिक पेन्या (समर्थक क्लब) को मान्यता प्राप्त गरेको छ ।
पेन्या बार्सा दी एभरेस्टको नयाँ नाममा क्लबले आधिकारिकता प्राप्त गरेको हो । शनिबार एक कार्यक्रममाझ समर्थक क्लबले आफ्नो दर्ता पूरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गर्दै नयाँ लोगो समेत सार्वजनिक गरेको छ । सन् २०१३ मा स्थापना भएको यस समर्थक समूहले च्यारिटी कार्यक्रमहरू, फुटबल प्रतियोगिता र देशभरि विभिन्न सामाजिक सेवाका गतिविधिहरू गर्दै आइरहेको छ ।
कार्यक्रममा मुख्य अतिथि पूर्व नेपाली राष्ट्रिय फुटबल खेलाडी विक्रम लामाले अध्यक्ष प्रकाश घर्तीको साथमा आधिकारिक रूपमा पेन्या बार्सा दी एभरेस्टको नयाँ लोगो प्रस्तुत गरे । कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो जसमा नेपाली एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरियो, जसले नव मान्यता प्राप्त समर्थक क्लबप्रति आफ्नो आभार व्यक्त गरे । १०० भन्दा बढी नेपाली बार्सिलोना समर्थकहरू कार्यक्रममा उपस्थित थिए । पूर्व फुटबल खेलाडी हरि खड्का, राष्ट्रिय फुटसल प्रशिक्षक गौरव बस्नेत, सहायक प्रशिक्षक थमन भुषाल तथा राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीले पनि कार्यक्रममा उपस्थिति जनाए ।
उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनो सहित पेन्या बार्सा दी एभरेस्टका क्यापहरू प्रदान गरियो, जसलाई यो कार्यक्रमको स्मरणका रूपमा विशेष एफसी बार्सिलोना मर्चेन्डाइजको रूपमा तयार गरिएको थियो ।
पेन्या बार्सा दी एभरेस्टलाई एफसी बार्सिलोनाको आधिकारिक समर्थक क्लबको मान्यता दिइनुले नेपालका फुटबल समर्थकहरूका लागि एक महत्वपूर्ण उपलब्धि रहेको क्लबले मानेको छ । यसले क्लब र नेपालमा यसको समर्पित समर्थकहरूको बीचको बलियो सम्बन्धलाई थप सुदृढ बनाएको विश्वास क्लबले राखेको छ ।
March 14, 2025
एजेन्सी – टोटनहम हट्सपर युरोपा लिगको क्वाटरफाइनलमा पुगेको छ। विल्सन ओडोबर्टले २ गोल गरेपछि बिहीवार दोस्रो लेगमा टोटनहमले एजे अल्कमारलाई ३-१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो। पहिलो लेगमा १-० ले पराजित टोटनहम समग्रमा ३-२ को अग्रतासहित अघि बढ्यो। प्रिमियर लिगमा १३औं स्थानमा रहेको र दुवै घरेलु कप प्रतियोगिताबाट बाहिरिएको टोटेनहमका लागि यो प्रतियोगिता […]
March 14, 2025
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। कप्तान ब्रुनो फर्नान्डेसले ह्याट्रिक गर्दै १० खेलाडीमा सीमित रियल सोसिडाडलाई बिहीवार दोस्रो लेगमा ४-१ हराएर युनाइटेड अन्तिम आठमा पुगेको हो। पहिलो लेगमा १-१ को बराबरी भएको थियो। समग्रमा ५-२ ले अघि बढेको युनाइटेडले सेमिफाइनल प्रवेशका लागि फ्रेन्च क्लब लियोनसँग प्रतिस्पर्धा गर्नेछ। रुबेन अमोरिमको पहिलो वर्षलाई […]
March 13, 2025
हिमाल खरेल, मेचीनगर अबयोमी फकुन्ले नायक बन्दा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज युनाइटेड ३–० को पछि परेको खेल उल्टाउँदै मेचीनगर गोल्डकपको फाइनल प्रवेश गरेको छ । लिग उपविजेता मछिन्द्र विरुद्ध आज ४-३ को रोमाञ्चक जित निकाल्दै चर्च ब्वाइजले फाइनलको यात्रा तय गरेको हो । चर्च ब्वाइजले शनिबार फाइनलमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ […]