8 months ago
September 7, 2024
एजेन्सी – फ्रान्स युइएफए नेसन्स लिगको पहिलो खेलमा इटलीसँग पराजित भएको छ । ए टु समूहमा शुक्रवार इटलीले फ्रान्सलाई ३-१ ले पराजित भएको हो ।
फ्रान्सको घरेलु मैदानमा भएको खेलमा इटालीलाई जिताउन डेबिडे फ्राटिसी, फेडरिको डिमार्को र ज्याकोमो रासबोडोरीले गोल गरे । फ्रान्सका ब्राडली बारकोलाले गोल गरे ।
खेलको सुरुवात मै लिएको अग्रतालाई जोगाउन फ्रान्स असफल रह्यो। पहिलो मिनेटमा बारकोला गोलले गर्दै अग्रता दिलाए ।
डिमार्कोले ३०औं मिनेटमा गोल गरेपछि पहिलो हाफमा १-१- बराबरी गोल भयो । ५०औं मिनेटमा फ्राटिसीको गोलमा इटालीले अग्रता बनायो । ७४औं मिनेटमा रासबोडोरीले गोल गर्दै टोलीलाई जिततर्फ अगि बढाए।
लिगमा आजै भएको अर्को खेलमा यसै समूहमा बेल्जियमले इजरायललाई ३-१ ले पराजित गर्यो ।
समूह बी टु मा रहेका स्लोभेनिया र अस्ट्रियाले १-१ को बराबरी खेले ।
समूह बी फोरमा रहेका वेल्स र टर्कीले गोल रहित बराबरी खेल्दा सोही समूहमा रहेको आइसल्यान्डले मोन्टेनेग्रोलाई २-० ले पराजित गर्यो ।
May 2, 2025
रविन्द्र वाइवा, मकवानपुर हेटौंडामा शुक्रवार सुरु मकवानपुर महिला राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगितामा चितवनले विजयी सुरुवात गरेको छ । हेटौंडा-६ स्थित गौरीटार रंगशालामा भएको उद्घाटन खेलमा आयोजक मकवानपुरलाई टाइब्रेकरमा ५-४ गोलले हराउँदै चितवनले गोल्डकपमा विजयी सुरुवात गरेको हो । निर्धारित खेल समय १-१ गोलको बराबरीपछि खेलको नतिजा टाइब्रेकरबाट लिएको हो । चितवनको लागि अनिता गुरुङले दोस्रो […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेपालको हिमाली सीमावर्ती क्षेत्रमा बसोबास गर्ने बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले ग्रासरुट स्पोर्ट्स प्रोग्रामअन्तर्गत मनाङ जिल्लाका लागि नेपाल एपिएफ क्लबमार्फत १ लाख रुपैयाँ प्रदान गरेका छन् । यसले बालबालिकाको शारीरिक र मानसिक विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ। साथै, यसबाट राज्यलाई आवश्यक खेलकुद जनशक्ति उत्पादनमा पनि […]
May 2, 2025
एजेन्सी – नटिङ्घम फरेस्टको युईएफए च्याम्पियन्स लिगमा छनोट हुने आशामा झड्का लागेको छ। घरेलु मैदानमा बिहीवार भएको प्रिमियर लिगको खेलमा फरेस्ट ब्रेन्टफोर्डसँग २-० ले पराजित भयो। सिटी ग्राउण्डमा भएको खेलमा ब्रेन्टफोर्डले दुबै हाफमा गोल गर्दै युरोपमा छनोट हुने आशा कायम राख्यो। केभिन शाडेले पहिलो हाफको अन्त्यतिर गोलको खाता खोले । ७०औं मिनेटमा योआने विस्साले ब्रेन्टफोर्डको […]