default_image

6 months ago

September 5, 2024

वालिङद्वारा कर्णाली पराजित

546 views

0 Bookmark

काठमाडौ(हाम्रो खेलकुद) – वालिङ नगरपालिकाले एन्फा महिला लिगमा कर्णाली प्रदेशलाई पराजित गरेको छ ।

एन्फा कम्लेक्स सातदोबाटोमा बिहीवारको दोस्रो खेलमा वालिङले कर्णालीमाथि ४-० को जित निकालेको हो ।
वालिङको जितमा युगान्डाकी फरवार्ड ज्याकलिन नासालीले ह्याट्रिक गर्दा सुक्रिया मियाले १ गोल गरिन् ।

ज्याकलिनले १०औं, ४१औं र ७२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् । ९०औं मिनेटमा सक्रियाले गोल गर्दै वालिङको‌ गोलअन्तर फराकिलो पारिन्।

पहिलो खेलमा वालिङ कोशी प्रदेशसॅंग पराजित भएको थियो । जितसॅंगै वालिङले २ खेलबाट ३ अंक जोडेको छ । आजै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती युवा क्लबलाई २-१ ले पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। शुक्रवार लिगमा दुई खेल हुनेछन् । पहिलो खेलमा संकटा क्लब र चन्द्रपुर नगरपालिका भिड्दा दोस्रो खेलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिम प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.