default_image

6 months ago

September 5, 2024

कोशीको लगातार दोस्रो जित

582 views

0 Bookmark

काठमाडौं(हाम्रो खेलकुद) – कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित हात पारेको छ । लगातार दोस्रो जित हात पार्ने क्रममा कोशीले बागमती युथ क्लबलाई २-१ ले पराजित गर्यो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको बिहीबारको पहिलो खेलमा कोशीको जितमा समिक्षा मगरले १ गोल गर्दा १ गोल उपहार स्वरुप पाएको थियो । बागमतीका लागि बिष्नु माया बलले सान्त्वना गोल फर्काइन् ।

बागमतीका लागि २६औं मिनेटमा बिष्नु मायाले गोल गर्दै अग्रता दिलाएकी थिईन् । त्यसको ३ मिनेट पछि नै कोशीकि समिक्षले गोल गर्दै खेल बराबरीमा पुर्याईन् ।

बागमतीकी दिव्या स्माईली मगरले ५४औं मिनेटमा आत्मघाती गोल गर्दै कोशीलाई अग्रता दिलाईन् । त्यसपछि कुनै गोल कुन नसक्दा खेलमा कोशी विजयी भयो ।

जितसँगै २ खेलमा ६ अंकका साथ कोशी शीर्ष स्थानमा उक्लिएको छ ।

आज नै हुने दोस्रो खेलमा वालिङ नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो चरणमा कोशी प्रदेशसँग पराजित वालिङ पहिलो जितको खोजिमा रहँदा चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकिएको कर्णाली पहिलो जितको लक्ष्यमा छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।

March 18, 2025

मध्यपुरको पहिलो जित

काठमाडौं (हाम्रो खेलकुद) – रोमाञ्चक खेलमा मध्यपुर युथ एसोसिएसनले झापा फुटबल क्लबलाई २-१ गोल अन्तरले हराउँदै शहिद स्मारक बी डिभिजन लिगमा पहिलो जित निकालेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको पहिलो हाफमा दुवै टिमबाट गोल हुन सकेन । दोस्रो हाफ भने अत्यन्त रोमाञ्चक बन्यो । ५२ औं मिनेटमा झापाका पेमा तामाङले आत्मघाती गोल गरे । […]

March 18, 2025

श्रेष्ठलाई यु १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले उर्जन श्रेष्ठलाई नेपाली यु १९ पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त गरेको छ। अर्को महिना भारतमा आयोजना हुने साफ यु-१९ च्याम्पियनसिपका लागि एन्फाले श्रेष्ठलाई युवा टोलीको जिम्मेवारी दिएको हो‌। एन्फा महासचिव किरण राईले प्रशिक्षक श्रेष्ठलाई आज नियुक्त पत्र प्रदान गरे। यसअघि पनि उनले नेपालमा भएको साफ यु-२० […]

March 18, 2025

श्री भगवतीको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा श्री भगवती क्लबले लगातार दोस्रो जित हात पारेको छ । आज ब्रिगेड ब्वाइज क्लबलाई २-० ले हराउँदै श्री भगवतीले महत्वपुर्ण ३ अंक जोडेको छ । एन्फा कम्प्लेक्समा भएको खेलको ३० औं मिनेटमा श्री भगवतीले अग्रता बनायो । विक्रान्त नरसिंह रानाको पासमा सुलेमान थापा मगरको लेफ्ट फुटेड […]

Success

Thank you for your time.