7 months ago
September 5, 2024
एजेन्सी – विश्वकै चर्चित फुटबल अवार्ड बालोन डी’ ओरको विभिन्न विधाको मनोनयन सार्वजनिक भएको छ ।
फ्रान्स फुटबल म्यागेजिनले आयोजना गर्ने अवार्डको बुधवार राति ३० खेलाडीको मनोनयन सार्वजनिक भएको हो ।
सन् २००३ पछि पहिलो पटक अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी र पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो बिना नै २०२४ को बालोन डि ओर अवार्डका मनोनयनमा सार्वजनिक भएको हो । मेस्सीले सर्वाधिक ८ पटक र रोनाल्डोले ५ पटक बालोन डी ओर जितेका छन् ।
प्रिमियर लिग टिली म्यानचेस्टर सिटी र आर्सनलका समान ८ खेलाडी मनोनयनमा परेका छन्। प्रारम्भिक सूचीमा इङ्ग्ल्याण्डका ६ खेलाडी समेटिएका छन्। कप्तान ह्यारी केन, जुड बेलिंघम, फिल फोडन, डेक्लन राइस, बुकायो शाका र कोल पाल्मर सूचीमा छन्।
महिला तर्फ पनि ३० जना खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । यस अवार्डमा फिफाको पुरुष विश्व वरियतामा शीर्ष १ सय भित्र रहेका देशका पत्रकारले यो पुरस्कारका लागि मतदान गर्ने गर्दछन् ।विजेताहरुको घोषणा अक्टोबर २८ मा पेरिसमा एक समारोहमा गरिनेछ ।
प्रारम्भिक सूचीमा परेका पुरुष खेलाडी
जुड बेलिङ्घम ( इङ्ग्ल्याण्ड र रियल म्याड्रिड) , रुबेन डायस (पोर्चुगल र सिटी), फिल फोडेन ( इङ्ग्ल्याण्ड र सिटी), फेडेरिको भाल्भर्डे (उरुग्वे र रियल ), एमिलियानो मार्टिनेज (अर्जेन्टिना र एस्टन भिल्ला), अर्लिङ हाल्यान्ड (नर्वे र सिटी), निको विलियम्स (स्पेन र एथलेटिक बिलबाओ), ग्रानित जाका (स्विजरल्याण्ड र बायर लेभरकुसेन), आर्टेम डोभबिक (युक्रेन र रोमा), टोनी क्रुस ( जर्मनी र रियल ), भिनिसियस जुनियर (ब्राजिल र रियल ), ड्यानी ओल्मो (स्पेन र बार्सिलोना), फ्लोरियन विर्ट्ज (जर्मनी र बायर लेभरकुसेन), मार्टिन ओडेगार्ड (नर्वे र आर्सेनल), माट हुमेल्स (जर्मनी, फ्री एजेन्ट),रोड्री (स्पेन र सिटी),ह्यारी केन ( इङ्ग्ल्याण्ड र बायर्न म्युनिख), डेक्लान राइस ( इङ्ग्ल्याण्ड र आर्सेनल), भिटिनहा (पोर्चुगल र पिएसजी ), कोल पाल्मर (इङ्ग्ल्याण्ड र चेल्सी), ड्यानी कार्भाजल (स्पेन र रियल ), लामिन यमल (स्पेन र बार्सिलोना), बुकायो साका ( इङ्ग्ल्याण्ड र आर्सनल), हाकान काल्हानोग्लु (टर्की र इन्टर मिलान), विलियम सलिबा (फ्रान्स र आर्सेनल), केलियन एमबाप्पे (फ्रान्स र रियल ), लाउटारो मार्टिनेज (अर्जेन्टिना र इन्टर मिलान), एडेमोलस लुकम्यान (नाइजेरिया र एटलान्टा), एन्टोनियो रुडिगर (जर्मनी र रियल ), अलेजान्ड्रो ग्रिमाल्डो (स्पेन र बायर लेभरकुसेन)
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]