7 months ago
September 5, 2024
काठमाडौं(हाम्रो खेलकुद) – एन्फा महिला लिगमा आजबाट दोस्रो राउन्डका खेलहरु सुरु हुँदैछन् । आज दुई खेल हुनेछन् ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा बागमती युथ क्लब र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । बागमती र कोशीबीचको खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ ।
पहिलो राउन्डको खेलमा बागमतीले सुदुरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । कोशीले भने वालिङ नगरपालिकालाई पराजित गरेको थियो । दुवै टोली जितलाई निरन्तरता दिन मैदान उत्रदै छन् । त्यसैले यो खेल रोचक हुने अनुमान छ ।
दोस्रो खेलमा वालिङ र कर्णालीबीच खेल हुनेछ । खेल दिउँसो ४ः१५ बजे सुरु हुनेछ । पहिलो चरणमा कोशी प्रदेशसँग पराजित वालिङ पहिलो जितको खोजिमा रहँदा चन्द्रपुर नगरपालिकासँग बराबरीमा रोकिएको कर्णाली पहिलो जितको लक्ष्यमा छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]