7 months ago
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीहरु नेपाल नेपाल पुलिस क्लब र नेपाल एपिएफ फुटबल क्लबले एन्फा महिला लिगमा अंक बाडेका छन् ।
सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा मंगलवार भएको दिनको दोस्रो खेलमा पुलिस र एपिएफले गोलरहित बराबरी खेल्दै लिग सुरुवात गरेका हुन् ।
विभागीय डर्बीमा साविक विजेता समेत रहेको एपिएफले धरै मौका सृजना गरेपनि सफलता मिलेन । भारी बर्षाका कारण खेल ४ बजेको सट्टा ४:३० बजे सुरु भएको थियो ।
आजै भएको पहिलो खेलमा कर्णाली प्रदेश र चन्द्रपुर नगरपालीकाले १-१ को बराबरी खेलेका थिए ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना सुरु भएको लिगमा १० टोलीको सहभागिता रहेको छ। पहिलो चरणमा सबै टोलीले एकअर्काको सामना गर्नेछ ।
बुधवार लिगमा हुने एक मात्र खेलमा संकटा क्लब र त्रिभुवन आर्मी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
March 19, 2025
सुशील पन्त क्षेत्री, चितवन फराकिलो जित निकाल्दै एपिएफ फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पहिलो सेमिफाइनलमा आज भरतपुर २४ लाई ११-० ले हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । भरतपुर ७ कृष्णपुर मैदानमा भएको खेलमा एपिएफको जितमा अनिता केसी र रश्मिकुमारी घिसिङले समान ४ गोल गरे । प्रीति […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा बाँसबारी युथ क्लबले रानी पोखरी कर्नर टिम (आरसीटी) लाई रोमाञ्चक खेलमा ४-२ गोल अन्तरले हराएको छ । बाँसबारीको यो पहिलो जित हो भने आरसीटी लगातार दोस्रो हार बेहोर्न पुग्यो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा बांशबारीले २५ मिनेट भित्र दुई गोल गर्यो । १६ औं मिनेटमा […]
March 19, 2025
काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक बी डिभिजन लिगमा ब्वाइज युनियन र टुसाल युथ क्लबबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । दुवैको यो लगातार दोस्रो बराबरी नतिजा हो । एन्फा कम्प्लेक्समा आज भएको खेलमा दुवै टिमले पाएको मौका सदुपयोग गर्न सकेनन् । पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा पनि गोल हुन सकेन । […]