7 months ago
September 3, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले युरोपमा व्यवसायिक फुटबल खेल्ने भएकी छिन्।
१२ वर्ष भन्दा लामो समयदेखि एपिएफमा आवद्ध रहेकी एञ्जिलाले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग २०२४/०२५ को सिजनका लागि सम्झौता गरे हुन् । उनले केही साता अघि नै सम्झौता भएको जानकारी दिइन् ।
‘उत्साहित छु । पहिलादेखि कोसिस गरिरहेको थिए। गोलकिपरले यसै पनि मौका पाउन गाह्रो छ । तर उचाई मात्रले मात्र फरक पर्दैन भन्ने प्रमाणित गर्नुछ, उनले भनिन्, ‘सेप्टेम्बर २९ बाट सिजन सुरु हुने भएकोले क्लबले छिटो आउनु भनेको छ । भिसा प्रक्रिया भइरहेको छ । साउदी अरबबाट अफर आएको छ।तर पहिला युरोपको मौका मिस नगरौ भन्ने हो। ‘
दक्षिण एसियाली मुलुक बाहिर एञ्जिलाले पहिलो पटक खेल्ने अवसर पाएकी हुन्। उनले यसअघि भारतमा दुई सिजन र पाकिस्तानबाट एक सिजन लिग खेलेकी थिइन्।
युरोपमा व्यवसायिक फुटबल खेल्ने उनी दोस्रो खेलाडी बन्नेछिन्। राष्ट्रिय टोली र एपिएफकी फरवार्ड सावित्रा भण्डारी साम्बा फ्रान्सको शीर्ष डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पबाट दोस्रो सिजन खेल्ने तयारीमा छिन्। राष्ट्रिय टोली तथा नेपाल पुलिस क्लबकी रेखा पौडेल यो सिजन अबुधाबी काउन्ट्री क्लबमा आबद्ध छिन्।
एन्जिलाको जीवनमा आधारित अन्जिला फिल्म यसै वर्ष प्रदर्शनको तयारीमा छ। एन्फा महिला लिगमा आज एपिएफले पुलिसको सामना गर्दा एन्जिला खेल्ने छैनन् ।
March 20, 2025
सुशील पन्त क्षेत्री,चितवन त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा आज रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६-३ ले विजयी भयो । खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ को सम्मानमा साम्बा चोक नामाकरण गरिएको छ। मस्र्याङदी गाउँपालिका ९ खुदीपुल वारीको क्षेत्रलाई ‘साम्बा’ चोक नामाकरण गरिने भएको हो । साम्बा मस्र्याङ्दी गाउँपालिका ९ पामचोकमा जन्मिएकी हुन् । साम्बाको सम्मानमा चोकको नामाकरण गर्न लागिएको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले जानकारी दिए । गाउँपालिकाको चैत ३ गते […]
March 20, 2025
काठमाडौं (हाम्रो खेलकुद) – सरस्वती युथ क्लबले शहिद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ । सरस्वतीले नयाँबस्ती युथ क्लबलाई १-० ले हरायो । सरस्वतीको जितमा धिरेन्द्र बहादुर शाहले एक मात्र निर्णायक गोल गरे । एन्फा कम्प्लेक्समा आज भएको खेलमा नयाँबस्ती पहिलो जितको खोजिमा थियो । तर ४४ औं मिनेटमा सरस्वतीले अग्रता […]